बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५औँ साधारण सभा तथा १४औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित भएका छन्। उनले २७४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी पंकज राईले २२६ र प्रतापबहादुर कार्कीले १६८ मत प्राप्त गरेका छन्।
अन्य पदमा वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरे, खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजाल, महासचिवमा वसन्त खड्का लगायतका पदाधिकारीहरू विजयी भएका छन्। सर्वसम्मत हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।










