प्यूठानमा
प्यूठानको ऐरावती गाउँपालिका–१, छेडाघाट क्षेत्रमा भीषण आगलागी भएको छ। आगलागीका कारण हालसम्म करिब २० वटा घरगोठ जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयका अनुसार आगो तीव्र रूपमा फैलिँदा ठूलो धनसम्पत्तिको क्षति भएको छ। आगलागी नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मी तथा सम्बन्धित निकाय सक्रिय रूपमा खटिएका छन्।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।











