राष्ट्रिय जनमोर्चाद्वारा स्वर्गद्वारीमा चुनावी समीक्षा सम्पन्न

प्युठान — राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर कमिटीको आयोजनामा हालै सम्पन्न निर्वाचनको समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गंगाराम बी.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन द्रोण रावलले गर्नुभएको थियो।
कार्यक्रममा सिव पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश राजमोका सल्लाहकार सुरेश थापा सहभागी हुनुभएको थियो।
त्यसैगरी विशेष अतिथिहरूमा तिलक जिसी, इमान सिंह खड्का, मिनराज राना मगर, इन्द्रबहादुर खड्का, गिरबहादुर गुरुङ, यमप्रसाद शर्मा, लक्ष्मी पन्थी, सुमी गुरुङ, भूपाल थापा, घनबहादुर जिएम र कुवेर भण्डारी लगायतले आफ्ना धारणा राख्दै निर्वाचनका अनुभव, कमजोरी तथा आगामी रणनीतिबारे विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले गत निर्वाचनका उपलब्धि र चुनौतीहरूको समीक्षा गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा जोड दिनुपर्नेमा एकमत व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation