काठमाडौँ – नेपाल सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार, शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ भने सरकारी कार्यालयहरूको समय बिहान ९ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ।
यो निर्णय लागू भएपछि सिंहदरबार लगायत अन्य सरकारी कार्यालयहरूमा कर्मचारीहरूको चहलपहल बिहान ८ बजे देखि नै सुरु भएको छ।
सरकारको उद्देश्य सार्वजनिक सेवामा कुनै बाधा नआओस् र पेट्रोलियम पदार्थको आपूर्ति सहज रहोस् भन्ने रहेको अधिकारीहरूले बताएका छन्।











