बुटवलको मुस्कानपथमा राति सवारी दुर्घटना, एक जनाको निधन

बुटवलमा गएराति भएको सवारी दुर्घटनामा एक व्यक्ति मृत्यु भएका छन्। मृतक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ४३ वर्षीय डण्डपाणी भुर्तेल हुन्। दुर्घटना बुटवल–११, देवीनगर स्थित मुस्कानपथको भित्री सडकमा भएको थियो।
घटनामा संलग्न मोटरसाइकलले पार्किङ गरिएको टिप्परमा ठोक्किँदा भुर्तेल गम्भीर घाइते भएका थिए र उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर चालक ३२ वर्षीय दिनेश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation