खार्ग टापुमा अमेरिका–इजरायलको आक्रमण

इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु मा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ। मेहर समाचार एजेन्सी का अनुसार टापुमा विस्फोटका आवाज सुनिएका छन्।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आक्रमण सैन्य लक्ष्यमा केन्द्रित रहेको जनाइएको छ भने तेल पूर्वाधारमा क्षति नपुगेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले यसअघि इरानविरुद्ध कडा चेतावनी दिँदै आएका थिए।
खार्ग टापु इरानको तेल निर्यातको मुख्य केन्द्र हो र होर्मुज जलडमरूमध्य नजिक अवस्थित रणनीतिक क्षेत्र मानिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation