विषादीयुक्त हरियो बोडी बुटवलमा खाल्टो खनेर नष्ट

बुटवल। बुटवल कृषि उपज थोक बजार केन्द्रमा बेच्न ल्याइएको हरियो बोडीमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको भेटिएपछि उक्त बोडी खाल्टो खनेर नष्ट गरिएको छ।
आज बिहान बजारमा आएका हरियो तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्दा चितवनबाट ल्याइएको बोडीमा अत्याधिक विषादीको मात्रा पाइएको थियो। मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम देखिएपछि सम्बन्धित निकायले तत्कालै उक्त बोडी बिक्री वितरणमा रोक लगाएको थियो।
त्यसपछि बजार व्यवस्थापन तथा सम्बन्धित सरोकारवाला निकायको उपस्थितिमा बोडीलाई खाल्टो खनेर पुरिएको जनाइएको छ। साथै यस्ता विषादीयुक्त तरकारी बजारमा आउन नदिन अनुगमनलाई अझ कडाइ गरिने बताइएको छ।
उपभोक्तालाई भने तरकारी प्रयोग गर्नु अघि राम्रोसँग पखालेर मात्र उपभोग गर्न पनि आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation