बागलुङको तमानखाेलामा राष्ट्रिय जनमाेर्चाले बुझायो ज्ञापन पत्र

बागलुङ ,

`गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र ३० गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे खारेजी र  बिकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीकाे बिरुद्ध स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन तमानखाेला गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य लाई १६ बुद्दे ज्ञापनपत्र  बुझाएको छ ।  ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, ने क पा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, अखिल नेपाल युवक संघका बेलु गिरी लगायत रहनु भएको थियोे। ज्ञापनपत्र बुझे पछि गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले कार्यान्वयनका तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation