लुम्बिनी प्रादेशिक अस्पतालमा ११ जनाका लागि जागिर खुल्यो

रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सेवा करारमा कर्मचारी भर्ना गर्ने भएको छ। अस्पतालले सूचना प्रकाशित गर्दै विभिन्न पदमा आवेदन आह्वान गरेको हो।
अस्पतालका अनुसार मेडिकल अधिकृत (आठौं तह) का लागि ९ जना र रेडियोग्राफर (पाँचौं तह) का लागि २ जना गरी कुल ११ जना माग गरिएको छ। यी पदका लागि लोक सेवा आयोगले तोकेको न्यूनतम शैक्षिक योग्यता अनिवार्य हुने जनाइएको छ।
इच्छुक तथा योग्य नेपाली नागरिकहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन बुझाउने अन्तिम मिति २०८३ वैशाखभित्र तोकिएको छ।
आवेदन शुल्क मेडिकल अधिकृत पदका लागि १००० रुपैयाँ र रेडियोग्राफर पदका लागि ५०० रुपैयाँ निर्धारण गरिएको छ। दरखास्त फाराम लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिबाट प्राप्त गर्न सकिनेछ।
थप जानकारीका लागि अस्पतालको आधिकारिक फेसबुक पेज तथा वेबसाइटमार्फत जानकारी लिन सकिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation