ललितपुर पाटन – कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ।
घटनामा ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ गम्भीर घाइते भएका थिए। उनीहरूको ललितपुरको विएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। चक्कु प्रहार गर्ने दुई जनालाई प्रहरीले भागिरहेको अवस्थामा पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार घटना सञ्जीव नेपालीसँग सम्बन्धित रहेको बताइएको छ।








