पोखरा सभागृहचोकमा महिलाको हत्या

पोखराको सभागृहचोकमा बुधबार साँझ धारिलो हतियार प्रहारबाट ४२ वर्षीया सिर्जना पौडेल क्षेत्रीको हत्या भएको छ। सडकपेटीमा उभिरहेकी उनीमाथि अज्ञात युवकले पछाडिबाट आक्रमण गरी फरार भएको प्रहरीले जनाएको छ। गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनलाई मृत घोषित गरिएको थियो। घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation