ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसर बुधबार साँझ फिल्मी दृश्यजस्तै बनेको थियो। एक युवकको नेतृत्वमा आएको जत्थाले अन्धाधुन्दा धारिलो हतियार प्रहार गर्दै एकै परिवारका दाजुभाइ सुमीत नेम्बाङ (३३) र सिर्जन नेम्बाङ (२६) लाई नृशंस हत्या गरेकाछन्।
प्रहरीका अनुसार घटना फोन विवादबाट सुरु भएको देखिन्छ। दाजुभाइले सञ्जीव नेपालीको मोबाइलमा फोन गर्दा विवाद बढेको र सञ्जीवले उनीहरूलाई पाटन आउँन बोलाएर त्यसपछि इमाडोल बस्ने सञ्जीवले आफ्नै मासु पसलमा प्रयोग हुने हतियार लिएर दाजुभाइमाथि हमला गरेको बुझिएको छ।
घाइते दाजुभाइलाई बी एण्ड बी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा निधन भएको छ। घटनामा संलग्न २ जनालाई प्रहरीले भाग्दै गर्दा पक्राउ गरेको छ। डिएसपी पुर्णिमा चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।









