पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, ग्यास पनि महँगियो

काठमाडौं : नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा पुनः उल्लेख्य वृद्धि गरेको छ। निगमको निर्णयअनुसार नयाँ दर शुक्रबार रातिदेखि लागू भएको हो।
नयाँ मूल्यसूची अनुसार काठमाडौं उपत्यकामा:
पेट्रोल: प्रति लिटर रु २१९
डिजेल/मट्टितेल: प्रति लिटर रु २०७
एलपी ग्यास: प्रति सिलिन्डर रु २०१०
हवाई इन्धन (आन्तरिक): प्रति लिटर रु २५७
निगमले पेट्रोलमा १७ रुपैयाँ, डिजेल तथा मट्टितेलमा २५/२५ रुपैयाँ र ग्यासमा १०० रुपैयाँ वृद्धि गरेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले बाध्य भएर समायोजन गरिएको निगमको भनाइ छ।
मूल्यवृद्धिसँगै सर्वसाधारणको जीवनयापन महँगिने र बजारमा थप दबाब पर्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation