काठमाडौँ । आज देशभर वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। यस दिन सन्तानले आफ्नी आमालाई मीठा परिकार खुवाई, नयाँ लुगा लगाइदिएर आशीर्वाद लिने परम्परा रहेको छ।
आमा नभएका व्यक्तिहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने चलन छ। सनातन परम्परामा आमालाई सर्वोच्च स्थान दिइएको छ र उनको माया, त्याग र योगदानलाई विशेष रूपमा स्मरण गर्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ।
यस अवसरमा काठमाडौँको मातातीर्थमा पनि विशेष मेला लाग्ने गर्दछ।











