बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् ।
गएराती एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् । घाईतेहरुको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सि.टी अस्पताल निजगढमा उपचार भईरहेको छ ।











