काठमाडौं, वैशाख — गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारीसँगको सेयर लगानी सम्बन्धी विषयमा उठेका प्रश्नपछि उनले नैतिकताको आधारमा पद त्याग गरेको जनाएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका छन्। सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै उनले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको बताएका छन्।
गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद छाडेको स्पष्ट पार्दै सुशासन र जवाफदेहिताका लागि यस्तो कदम आवश्यक रहेको उल्लेख गरेका छन्।











