राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले लेनिनको फोटा पार्टी अफिसमा टासेर साम्राज्यवादीहरुको स्वार्थमा काम गर्नेहरु कम्युनिस्ट हुन नसक्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा दाङ द्वारा आयोजित लेनिन जयन्ती तथा नेकपा स्थापना दिबस समारोहलाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले अगाडी भन्नु भयो जनताको भाबनालाइ हेरेर ट्रेडमार्कको रुपमा हसिया हतौडा प्रयोग गर्नेहरु कम्युनिस्ट हुन सक्दैनन । नेपालमा हसिया हतौडालाइ ट्रेड मार्क बनाइ नबउदारबाद र दलाल पुजीवादलाइ बोकेका कारण अहिले बास्तबिक नबउदारबादी र दलाल पुजिबादीहरुको हाबि भएको कुरा बताउनु भयो । उहाले लेनिन र लेनिनवादको महत्व आज पनि विश्वभर र नेपाली समाजमा सान्दर्भिक रहेको , लेनिनका दार्शनिक विचारहरूलाई लेनिनले प्रतिपादन गरेको संगठनात्मक प्राणीलाई अपनाउँदै समाजमा रहेका मजदुर किसान र सम्पूर्ण शोषित पीडित वर्गहरूको मुक्तिको लागि उहाँका महत्वपूर्ण योगदानहरूलाई अनुसरण गरी लागू गर्ने कुरा बताउँदै जन्म उत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो। साथै नेपाल कम्युनिस्ट पार्टी को ७८औ स्थापना दिवस मनाइरहदा आज पनि दक्षिणपन्थी अवसरवाद हावी हुँदा नेपालको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र यसलाई जीवित राख्दै अगाडि लाने काम नेपाल कम्युनिस्ट पार्टी मसालले मात्र गरिरहेको बताउनुभयो
राष्ट्रिय जनमोर्चा दाङका सचिव बसन्त पौडेलको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा लेनिनवादको औचित्य महत्व र सान्दर्भिक ताको बारेमा विषय प्रवेश अखिल नेपाल युवक सङ्घ का पूर्व अध्यक्ष काशीनाथ पोखरेलले गराउनुभएको थियो । त्यसैगरी कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जीएमले अहिलेको पुँजीवादी राज्य व्यवस्था र दलाल पुँजीवादी अर्थव्यवस्थाबाट मजदुर किसान र शोषित पीडित वर्गहरूको उत्थान नहुने कुरा बताउँदै वर्तमान सरकारको जनविरोधी र फाँसीवादी तानाशाही प्रकारको कार्यशैलीका कारण जनजीवन अस्तव्यस्त भएको कुरा बताउँदै यो प्रकारको सरकारको कार्यशैलीका विरुद्ध सम्पूर्ण पिछडिएका गरिब दुःखीहरू र सम्पूर्ण वामपन्थी शक्तिहरू आन्दोलित हुनुपर्ने विचार व्यक्त गर्नुभयो त्यसैगरी शुभकामना व्यक्त गर्नुहुने अन्य वक्ताहरूमा अखिल नेपाल किसान महासंघ का दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेल जातीय समता समाज दाङका अध्यक्ष सूर्यलाल नेपाली प्रगतिशील पत्रकार सङ्घ का केन्द्रीय सदस्य ईश्वरी भण्डारी अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुरेश कुमार पाण्डे अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य हेमा पोख्रेल। जनप्रतिनिधि हरु दिनामणि आचार्य विष्णु भुसाल त्यसैगरी भौतिकवादी समाज दाङका संयोजक पदम पोखरेल रक्तिम सांस्कृतिक अभियान घोराहीनगरका अध्यक्ष उत्सव पुन ले लेनिनलाई र नेकपा स्थापना दिवस को शुभकामना मन्तव्य राख्नुभएको थियो। राष्ट्रिय जनमोर्चा जिल्ला सहसचिव कृष्ण रानाको स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रममा एक मिनेट ज्ञात अज्ञात शहीदहरूको सम्झनामा मौन धारण गरि अन्तर्राष्ट्रिय गित बजाइएको थियो । कार्यक्रमको सहजीकरण घोराही नगर अध्यक्ष मनिराम खनालले गर्नुभएको थियो ।











