भैरहवा, बैशाख १४ — रुपन्देहीमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। कञ्चन गाउँपालिका–४ बेलडाँडाका २४ वर्षीय सुनिल थारुले आफ्नै ५८ वर्षीय बुवा जंगबहादुर थारुको घाँटी अठ्याएर गम्भीर घाइते बनाएको आरोप छ।
घटना बैशाख ११ गते भएको बताइएको छ। गम्भीर घाइते जंगबहादुरलाई उपचारका लागि कपिलवस्तुको पिपरा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि फरार रहेका सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।











