महेश बस्नेतकी पत्नी र शोभाबीच सडकमै झडप

काठमाडौँ, वैशाख १४ — माइतीघर मण्डलमा दुई महिलाबीच झडप भएको छ। नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच हात हालाहाल तथा भनाभन भएको हो।
धर्ना कार्यक्रम चलिरहेको बेला अम्बिका दलबलसहित माइतीघर पुगेपछि विवाद चर्किएको बताइएको छ। उनीहरूबीच भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिँदै दुवै पक्षलाई जिल्ला प्रहरी परिसर काठमाडौँ लगेको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation