नुवाकोट–बुटवल सडकमा दुर्घटना: २ को मृत्यु, चालक गम्भीर

पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कपिलवस्तु वाणगंगा नगरपालिका–९ भलवाडकी १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिकानगर, रामपथकी १८ वर्षीया पुर्णीमा उचाई मगरको ज्यान गएको हो।
त्यसैगरी, स्कुटर चालक बाणगंगा–७ बनगाईका सुमन श्रेष्ठ गम्भीर घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation