भारत
रक्तिम अभियानका केन्द्रीय कलाकारका रूपमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका दल बहादुर बिक पुनः संगठनात्मक गतिविधिमा सक्रिय हुनुभएको छ। केही समयअघि अस्वस्थताका कारण उहाँको सक्रियतामा कमी आएको थियो। स्वास्थ्य अवस्थामा सुधार आएपछि उहाँ फेरि आफ्नो पुरानै भूमिकामा फर्किनुभएको हो।
दक्षिण भारतमा रक्तिम अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित बिकले आज केन्द्रीय समितिका सदस्य कासीराम शर्माबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता ग्रहण गर्नुभएको छ।
सदस्यता ग्रहण गर्दै उहाँले आगामी दिनहरूमा संगठन र रक्तिम अभियानलाई अझ मजबुत बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।











