नयाँ गीत “एउटे घुम्टो ओढ्ने” सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बटुल्न सफल भएको छ। प्रतिभाशाली गायिका दिपिका बयम्बु मगर को सुमधुर स्वर रहेको गीतले छोटो समयमै संगीतप्रेमीको ध्यान खिचिरहेको छ।
गीतमा बिनोद बराइली र दिपिका बयम्बु मगरको स्वर रहेको छ भने शब्द नबिन परियारले सिर्जना गरेका हुन्। संगीत बिनोद बराइलीको रहेको छ। भिडियो निर्देशन मुकेश नेपालीले गरेका हुन्।
भिडियोमा कलाकार देबिका कार्की र मोडेल सागर पौडेल को आकर्षक अभिनय देख्न सकिन्छ। विशेषगरी देबिकाको मौलिक नेपाली पहिरन, जीवन्त अभिव्यक्ति तथा सागर पौडेलसँगको प्रस्तुतिले भिडियोलाई अझ आकर्षक बनाएको दर्शकहरूको प्रतिक्रिया छ।
सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने विशेषगरी गायिका दिपिका बयम्बु मगरको मिठासपूर्ण आवाजको प्रशंसा भइरहेको छ।











