प्रवासी नेपालीको पूर्ण मताधिकार सुनिश्चित गर्न महासचिव भट्टराईको माग

 

खिमराज चालिसे
चंडीगढ़
०१ जुन २०२६

‘प्रवासी नेपालीहरूको पूर्ण मताधिकार र राज्यका हरेक संरचनामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।’ उक्त विचार भारतको पंजाब राज्यको लुधियानामा हिजो ३१ मई २०२६ को मूल प्रवाहका विभिन्न विभागहरूको संयुक्त भेलालाई सम्वोधन गर्दै महासचिव भट्टराईले राख्नुभएको हो।

महासचिव भट्टराईले भेलाको उदघाटन गर्दै देशको अर्थतन्त्र धानेका लाखौँ प्रवासी नेपालीहरूलाई राज्यको मूलधार र नीति निर्माण प्रक्रियामा उपेक्षा गर्न नमिल्ने बताउनुभयो । ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रलाई संकटबाट जोगाउने प्रवासी नेपालीहरूलाई मतदानको अधिकारबाट वञ्चित गरिनु न्यायसंगत छैन। उहाँले थप्नुभयो।

अब बन्ने नीति र संविधानको संशोधन प्रक्रियामा पनि प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरिनुपर्छ। वहाको जोरदार तर्क थियो।

भेलामा विभिन्न समसामयिक विषयहरुमा चर्चा पछि मूल प्रवाह नगर समिति र विभिन्न विभागहरुको गठन भएको घोषणा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले गर्नु भएको थियो।

भेलाले पशुपति पोख्रेलको अध्यक्षतामा १७ पुर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरि २५ सदस्यीय नगर समिती गठन गरेको छ। जस्मा उपाध्यक्ष चक्र बहादुर चन्द, सचिव गोविंद परीयार, सहसचिव भगतसिंह बिक र कोषाध्यक्ष राजु पौडेल रहनु भएको छ।

त्यसैगरि सदस्यहरुमा खुम बहादुर थापा, रामचन्द्र पौडेल, राज कुमार शाहि, कैलाश खडका, उदय सिंह चन्द, दिपा चन्द, टेकसिंह चन्द, माधव भट्टराई, नारायण पोखरेल, हुम बहादुर राना, नर बहादुर बिक र एक स्थान रिक्त राखिएको छ।

यसैगरि बैकल्पिक सदस्यहरुमा दिनेश बस्नेत, विरेन्द्र चन्द, पार्वती चन्द, धौली बिक रहनु भएको छ।

यसैगरि सल्लाहकारहरुमा निर्मला परियार, निर्मला बिक, खेमराज पोख्रेल र एक रिक्त स्थान रहेको छ।

महिला विभाग तर्फ

भेलाले दिपा चन्दको संयोजकत्वमा नौ सदस्यीय महिला नगर विभागको गठन गरेको छ। जस्मा सदस्यहरुमा पार्वती चन्द, धौली बिक, निर्मला बिक, निर्मला परियार, पिंकी बिष्ट, पुष्पा खनाल र राधा बस्नेत रहनु भएको छ।

अखिल भारत नेपाली विद्यार्थी संघतर्फ

भेलाले टेकसिंह चन्दको अध्यक्षतामा नौ सदस्यीय विद्यार्थी समिती गठन गरेको छ। जस्मा सचिव मनिसिंह चंन्द, सुसान्त बिक, सितल, सिमा, भावना, गोनिसा परियार र एक रिक्त स्थान रहेको छ।

कार्यक्रम चक्र चन्दको अध्यक्षतामा तथा गोविन्द परियारको संचालनमा सम्पन्न भएको थियो भने स्वागत हुम बहादुर रानाले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation