बुटवलमा सुनचाँदी पसलमा चोरी, करोडौँका गहना लुटिएको आशंका

बुटवल,  । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको  अमरपथस्थित एक सुनचाँदी पसलमा चोरी भएको छ। गएराति तिनाउ सुनचाँदी पसल तोडफोड गरी अज्ञात समूहले पसलभित्र रहेका सुन तथा चाँदीका गहना चोरी गरेर फरार भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार चोरीमा संलग्न व्यक्तिहरूले पसलको सुरक्षा व्यवस्था कमजोर भएको मौका छोपेर करोडौँ रुपैयाँ बराबरका गहना लुटेको आशंका गरिएको छ। घटना भएको समयमा पसलमा जडान गरिएको सिसिटिभी क्यामेरा बिग्रिएको अवस्थामा रहेको बताइएको छ, जसका कारण चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ भएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको निरीक्षण गर्नुका साथै चोरीमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाएको जनाएको छ। यद्यपि समाचार तयार पार्दासम्म चोरीमा संलग्न व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र चोरी भएका गहनाको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ। घटनापछि स्थानीय व्यवसायीहरूमा सुरक्षा व्यवस्थाप्रति चिन्ता बढेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation