बालेनको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध

नवलपरासी, १ जुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको आरोप लागेको छ।
स्थानीय जनप्रतिनिधिका अनुसार आइतबार साँझ भारतीय सुरक्षाकर्मीहरू निर्माणस्थलमा पुगेर काम रोक्न दबाब दिएका थिए। नारायणी नदीको कटानबाट सुस्ता क्षेत्र जोगाउन करिब १४ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण भइरहेको छ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले निर्माण कार्यको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा भारतीय पक्षको अवरोधले अन्योल सिर्जना गरेको बताउनुभयो।
घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी दीपक नेपालले बताउनुभएको छ। सीमा विवादसँग जोडिएको विषय भएकाले दुवै देशका सम्बन्धित निकायबीच छलफलको तयारी भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation