रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता

काठमाडौं, जेठ १९ । भारत भ्रमणमा रहेका रवि लामिछाने ले मंगलबार भारतीय गृहमन्त्री अमित शाह सँग भेटवार्ता गरेका छन्।
पाँचदिने भारत भ्रमणका क्रममा लामिछानेले विभिन्न भारतीय राजनीतिक नेतृत्वसँग भेटघाटलाई तीव्रता दिएका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषय, समसामयिक राजनीतिक अवस्था तथा कूटनीतिक मुद्दाबारे छलफल भएको जनाइएको छ।
रास्वपाका सभापति लामिछाने नेतृत्वको टोलीले भारतका विभिन्न उच्च राजनीतिक नेतृत्वसँग संवाद जारी राखेको छ। भेटवार्ताका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।
यसअघि मंगलबार नै लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर तथा नितिन नवीन सँग पनि भेटवार्ता गरेका थिए।
भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा केन्द्रित कूटनीतिक संवादका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation