नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय हिरापोखरीको स्वर्ण महोत्सव सम्पन्न

 

नारायण जिसी

सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षक,विद्यार्थी र अभिभावकको सक्रियता वृद्धि गर्न आवश्यक हुनुपर्ने झिमरुक गाउँपालिका शिक्षा शाखा प्रमुख माेहन वि.सी.ले वताउनु भएको छ।त्यस्तै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले
विद्यालयको भौतिक,शैक्षिक विकासमा पालिकाले सक्दो सहयोग गर्ने बताउनु भएको छ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय झिमरुक ५ हिरापाेखरी प्युठानकाे स्वर्ण महाेत्सवमा वाेल्दै उक्त कुरा वताउनु भएको हाे।
राष्ट्रिय माध्यमिक बिद्यालय झिमरुक ५ हिरापोखरी प्यूठानको आफ्नो स्थापनाको ४९औं बर्ष पूरा गरी ५०औ बर्ष प्रवेश गरेको अवसरमा २०८१ माघ ११ गतेको दिन ऐतिहासिक स्वर्ण महोत्सव उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले दिप प्रज्वलन गरी र व्यानर वाचन गरी उद्घाटन गरेकाे कार्यक्रममा ,स्वागत भाषण शिक्षक पितम खड्काले र संचालन शिक्षक राम बहादुर जि.सी.ले गर्नु भएको थियोे ।
कार्यक्रममा शुभकामना दिनेहरुमा वडाध्यक्षहरु कृष्ण प्रसाद पाेख्रेल,मीन बहादुर खत्री ,सिताराम पाेखरेल,कृष्ण बहादुर जि.सी., र तुलस बहादुर जि.सी.ले र राजनिति दलकातर्फबाट नेपाली काग्रेसका मिनराज भट्टराई ,ने क पा एमालेका पदम खड्का , नेकपा माओवादी केन्द्रका झक बहादुर जि.सी. र राष्ट्रिय जनमाेर्चाका टिका जि.सी. ले शुभकामना मन्त्व्य दिनु भएको थियोे ।त्यस्तै शुभकामना मन्त्व्य दिनेहरुमा बाल शिक्षा मा.वि.का सहायक प्रधानाध्यापक बालाराम पाेखरेल ,सामुदायिक वन उपभोक्ता समितिकाे तर्फबाट टिका बहादुर जि.सी. बिशेष अतिथि
झिमरुक गाउँपालिका शिक्षा शाखा प्रमुख माेहन वि .सी .र प्रमुख अतिथि पित बहादुर महतारा रहनु भएको थियाे।
जनप्रतिनिधी, जग्गादाता, राजनैतिक दलका प्रतिनिधी, बिभिन्न बिद्यालयका प्रधानाध्यापक ,शिक्षक कर्मचारी, आर्थिक सहयोग दाताहरु, अक्षयकोष दाताहरु, पूर्ब बि.व्य.समिति अध्यक्ष, पूर्ब प्र.अ., पूर्ब शिक्षक, पूुर्ब बिद्यार्थी, अभिभावकहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, शिक्षा प्रेमी, बुद्धिजिबी, समाजसेवी, बि.व्य.समितिका पदाधिकारीहरु, अभिभावक संघका पदाधिकारी, पत्रकार, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य आमा समुह, स्थानीय कलाकार लगायत सबै सरोकारवालकाे उपस्थिति रहेको थियाे।
भाेलि माघ १२ गतेका दिन पुरस्कार तथा सम्मानको कार्यक्रम, पूर्ब बिद्यार्थी, पुर्ब शिक्षक पुनर्मिलन कार्यक्रम रहेकाे आयाेजकले बताएको छ ।
कार्यक्रम विद्यालयका अध्यक्ष इन्द्रबहादुर जि.सी.काे अध्यक्षतामा भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation