पुरानो विद्यालय व्यवस्थापन समितिको समय सकिएपछि नयां समिति गठन गर्ने बेला कांगे्रस र एमालेले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दाबी गरेपछि विद्यालय व्यवस्थापन समितिविहिन बनेको हो । १० महिना पुग्नै लाग्दा पनि विद्यालयले व्यवस्थापन समिति नपाउंदा विद्यार्थीको पढाई प्रभावित भएको छ । अहिले विद्यालय व्यवस्थापनि समिति नभएकै काराण विद्यालयका लागि आवश्इक पर्ने २५ जना शिक्षकको दरवन्दी खाली रहेको विद्यालयका प्रध्यानध्यापक गोविन्द ज्ञवालीले बताए ।

प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार विद्यालय व्यवस्थापन समिति नहुंदा पठन– पाठनमा समस्या भएको छ । शिक्षकहरु दरबन्दी गर्न नसकिएपछि अहिले १२ जना शिक्षकलाई मासिक ज्यालादारीमा राखेर र शिक्षकहरुलाई धेरै पिरेड पढाउन लगाएर जनतन विद्यालय चलाईएको प्रध्यानाध्यापक गोविन्द ज्ञवालीले बताए ।

पठन पाठनका हिसाबले देशभरमा नाम चलेको विद्यालय कांगे्रस र एमालले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा राजनीति गर्दा अहिले कान्ति माध्यमिक विद्यालय प्रभावित बनेको हो । विद्यालय व्यवस्थापन समिति गठनका लागि २०८० जेठ ६ गते विद्यालयमा भेला आयोजना गरिएको थियो । विद्यालयका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार भेलाबाट सहमति हुन नसकेपछि जेठ १३ गते दोस्रो भेला आयोजना गरिएपनि सहमति हुन सकेन ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एमालेले टंकप्रसाद पराजुली र कांगे्रसले जीवन ओझालाई अध्यक्ष बनाउने अडान लिएका छन् ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कांग्रेस र एमालेले दाबी नछाडेपछि माओवादी केन्द्रको तर्फबाट कृष्ण अर्याल र नागरिक समाजको तर्फबाट नारायण नागिलाले पनि अध्यक्षको दावी गरेका छन् । जसका कारण विद्यालय व्यवस्थापन समिति गठनको विषय झनै पेचिलो बनेको छ ।
स्थानीय सरकार बुटवल उपमहानागरपालिकाले पटक पटक पलह गरेपनि कांग्रेस, एमालेको आआफ्नै दम्भका कारण कान्ति माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समिति बिहिन छ ।

अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीले राजनीतिक पार्टीको फोहोरो राजनीतिक खेल विद्यालयका लागि बाधक बन्यो । जुन दुख्खदायी विषय हो उनले भने ।