
दमौली ,१ फाल्गुन । विद्यार्थीलाई तातो पन्यूले डाम्ने भिमाद स्थित प्रभात एकेडेमी बोडिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कक्षा ४ मा अध्यनरत १० बर्षिय प्रमिस परियार सहित ४ विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्यूले गालामा डामेकी थिइन् । तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको छ । कक्षा कोठामा विद्यार्थीले हो हल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्यूले डामेको बुझिएको छ ।
यस घटनाको विषयमा प्रहरीले शिक्षिका श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।अनुसन्धानका क्रममा शिक्षिकाले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।
पन्यूले डामेर घाइते भएका विद्यार्थीहरुको उपचार भईरहेको छ