तिजिगित एल्बम :२०८१ रचना : रबि पाैडेल

गितहरु :
१) युवाबिहिन देश
२) चाैबिस खर्व ऋण
३) प्रवासिकाे अधिकार
४) मुल प्रवाहकाे झण्डा फरर
५) भाेट दिन दे

क्रमशः
१)

तिजि गित २०८१:१
युवाबिहिन देश ।

रबि पाैडेल
गरिखान देलान भन्ने छैन हाम्रो देशमा
थरिथरि अाएका छन अाफ्नै भेषमा ।।

एउटाले नागरिता ,नागरिकलाई बेच्दछ
अर्को अाउँछ नेपाल देश सुम्पाैं भन्दछ ।।

पुरानाले गल्ती गरे नयाँ पार्टी खतरनाक
कसरी बचाउने हाे हाम्रो देशकाे भाग ।।

अमेरिकी षड्यन्त्र छ भारतीय याेजना
लान्छन क्या हाे हाम्रो देशकाे पुरै खजना ।।

सङघियताले गाँजि सक्यो मुलुककाे अबस्था
खतरामा पर्दै गा -छ अर्थ ब्यबस्था ।।

यमसिसिले बुट बजार्याे हाम्रो देशकाे छातिमा
सङघियता अड्केकाे छ अाफ्नै घाँटिमा ।।

खारेज गराै सङघियता खारेज गराै यमसिसि
सहमति हुन्छौं हुन्नाै भन नेताजि ।।

यससिसि र सङघियता खारेज गर्नु पर्नेछ
नत्र भने गलपासाे ले मर्नु पर्नेछ ।।

भस्ट्रचारि दलालिकाे राज्यसत्ता चाहिंदैन
युवाबिहिन बनाउन – देश पाईदैन ।।

मिति : २८ जुलाई २०२४
२)

तिजिगित :२०८१:२
चाैबिस खर्ब ऋण :
———————–
शक्ति देखाई जनतालाई हेपेका छाै तिमिले
त्यसको हिसाब पक्कै एकदिन लिन्छौं हामीले ।।

पावर देखाई नागरिकलाई अनागरिक बनायाै
कम्युनिस्टको झण्डा बाेकि डुङ गनायाै ।।

सिमा मिच्दा भारतले टुलुटुलु हेदर्छाै
बिदेशी प्रभु सँग लाचार बन्दछाै ।।

ठाउँ ठाउँमा छिमेकीले दादागिरी गरेकाे
हाम्रो देशको शाषक छ ज्युदै मरेको ।।

देशको ऋण बढाएर चाैबिस खर्ब पुर्यायाै
जनताको जनजिबन बेहाल बनायाै ।।

युवाजति खाडि पठाई देशमा शासन गर्दछाै
अाफ्नै अामा बेचि तिमले पेट भर्दछाै ।।

सरकारि जग्गा जमिन हड्पेका छाै तिमिले
जनताले देखेका छन अाफ्नै अाँखाले ।।

सिमानामा सुरक्षा दिन तिमीले सकेनौं
जनताको अबस्था झन देख्दै देखेनाै ।।

लाचार सरकार हुनुभन्दा नहुनु नै राम्रो हाे
सत्ताच्युत गर्ने जिम्मा अब हाम्रो हाे ।।

उठ जनता मक्किएकाे राज्यसत्ता डाल्दिअाैं
उखेलेर रास्ट्रघाति सत्ता फाल्दिअाैं ।

मिति :०२ अगस्त २०२४

३)

तिजिगित :२०८१:३
प्रवासिकाे अधिकार
## रबि पाैडेल दक्षिण भारत

के सुनाउँ खै खबर मैले देशको हालत यस्तै छ
जुन सरकार अाए पनि उस्तै उस्तै छ ।

महङगिले अाकास छाेयाे युवा सबै बिदेशमा
अामा बाबू राेएका छन घरको अागनमा ।

स्वास्थ्य कमजोर शिक्षा कमजोर नेता सबै कमजोर छन
नेता देखि कर्मचारी सबै काम चाेर छन ।

बेच्छन अानै नागरिक पैसा अाउने भएसि
शरणार्थी बनाउँछन डरल पाएसि ।

यमसिसि डलरैमा सङघियता लादेर
घिउसँग भात खान्छन् रिण काडेर ।

बिदेशीले सिमा मिच्दा टुलुटुलु हेर्दछन
अझै ठुला रास्ट्रबादि कुरा गर्दछन् ।

प्रवाशिले मागेका छन भाेट दिने अधिकार
डराउछ राज्यसत्ता किन बेकार ।

युवा सबै जागे भने भुकम्प झै ढल्ने छन
संसद घेर्न अायाैं भने जिल्ल पर्ने छन ।

राज्यसत्ता पल्टाईदिने युवाकाे छ चाहना
याे गितकाे अन्त्य भयाे शुभकामना ।

मिति :१५ अगस्त २०२४

४)

तिजिगित : २०८१:४
शिर्षक :मुल प्रवाहकाे झण्डा फरर !
———————————————
## रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
भारतका सबै राज्य ,सबै नगरहरुमा
मुल प्रबाहकाे सम्मेलन ,झण्डा फरर—-३

छरिएर रहेकालाई संङगठित बनाउँदै
कास्मिर देखि कन्या सम्म झण्डा फरर —–३

अन्यायमा परेको लाई न्याय उसलाई दिलादै
अठ्ठाईस राज्य नगरमा झण्डा फरर ——३

गल्लि गल्लि शहरपेटि चेतना जगाउँदै
दबिएका जनतालाई उठ्न सिकाउँदै ——३

अन्यायकाे बिराेध गर्न यहि झण्डाले सिकायाे
लक्ष्य सम्म गाेरेटाेमा झण्डा फरर ——–३

नेतृत्वको कदर गर्दै अनुशासन पालना
झण्डा कहिले झुक्न दिन्नाै हाम्रो पालामा ——-३

चेतनाकाे दियाे बालि पाईला अघि बढाउँछाै
फरफराउने झण्डा बाेकि सिखर पुर्याउँछाै——-३

बर्षैभरि मुल प्रवाहकाे झण्डा बाेकि हिड्ने छाै
अन्यायकाे सामना गर्दै जाने छाै ——३

मिति :२१ अगस्त २०२४

५)
तिजि गित : २०८१ :५
शिर्षक : भाेट दिन दे !
———————————————-
## रबि पाैडेल

असी लाख युवाहरु देश बाहिर गका छ
भाेट दिने अधिकारबाट बन्चित भका छन ।

असी डिग्री तामक्रममा जीवन जाेखिम भाकाे छ
भाेट दिन पाउदैनाै खेर गाकाे छ ।

हाम्रो भाेटले शासकहरु किन यति डराकाे
भाेट दिने पाउने सुबिधा खै त गराकाे ।

अदालतले प्रवासिकाे अधिकार दिएछ
शासष किन हामी सँग निकै डरा छ ।

अाफ्नै ठाउँ जहाँ भएनि भाेट दिने अधिकार
याेजनामा पार्दैन मन्त्रिपरिषद ।

प्रवासि नेपाली सँग डराउँदै छ सरकार
लुट्न दिन्नन भन्ने छ तिनकाे दरकार ।

चाैरासिकाे चुनावमा भाेट दिन दे सरकार
दिईनस भने फाल्दिनेछाै खुट्टा मर्काएर ।

प्रबासि जाग्याैं भने फालिदिन्छाै सरकार
चाैरासिकाे चुनावमा अाउछाै फर्केर ।

मिति :२१ अगस्ट २०२४

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation