
दिन दिन देख्दाखेरी बलात्कारका घटना
बाबा आमा परिबारलाइ त्यस्कै रटना।
आत्मनिर्भर होलान भनी छोरी हामी पढाउछौ
दुख सुख काम गर्ने लायक बनाउछौ।।
भारतको ठुलो राज्य कलकत्ता सहर
बलात्कार र हत्याको भो ठुलो कहर।
छोरी जन्माइ हुर्काए आफ्ना रहर मारेर
लुछी खाए नरभक्षीले एक्लै पारेर।।
यो घटनाले मानबता अब बाकी रहेन
उनको चीत्कार सुन्ने त्यहा कोही भएन।
पढालेखा असल हुन्छन् भन्ने आसा हरायो
यो जघन्य अपराधले बिश्व डरायो।।
परिबार मुर्छामा छ कहिले होसमा आउने हो
प्रमाण नष्ट भए न्याय क्यारी पाउने हो ।
पुलिस टेसन अस्पताल कहि सुरक्षा भएन
अपराधीलाई पक्डने प्रमाण रहेन।।
छोरी बचाउ नारा दिन्छ अझै मोदी सरकार
सिङ्गो देश संसानघाट भयो भर्खर।
प्रशासन लागि पर्छ अपराधी बचाउन
मान्दैन एफ आइ आर दर्ता गराउन।।
अपराधीलाई जोगाउने प्रशासन चाइएन
आन्दोलन नगरी न्याय पाइएन।
दबाबले सि बि आइले जाँच सुरु गर्दैछ
कानुनको फन्दामा पिडक पर्दैछ।
पिडीतलाइ न्याय मिलोस् पिडकलाइ सजाय
अपराधीलाई बचाउनेको हटोस रजाइ।
सचेत बनौ कुकर्मी घुम्छन् भिन्न भेषमा
यस्ता घटना नदोहोरीउन कुनै देशमा।।
। समाप्त।