
ज्ञामुराम न्यौपाने
मानिस स्वभावैले सामाजिक प्राणी हो । समाजमा हुने हरेक गतिविधिमा मैले आफूलाई सक्रिय राखि रहेकै छु । हरेकले आफ्नो गाउँ समाजका लागि आफूले गर्न सक्ने आफ्नो क्षमताले भ्याएअनुसार गर्नु पर्दछ भन्ने मलाई आफू बुझ्ने भएदेखि नै लाग्छ ।
समाजमा अनेक थरिका मानिसहरूको बसोबास हुन्छ । हाम्रो समयका मानिसहरू अलि हुने खाने सरकारको पहुँचमा भएकाले गरीब निमुखाहरूलाई हेप्थे । कतिपटक हाम्रै घरका बाख्रा फुकाएर लिएका छन् । भकारीमा रहेको कोदो मान्छे लगाएर आफ्नो घर लिएका छन् । खेतबारी जोत्न ठिक्क बनाएका हलो जुवा र गोरु फुकाएर लिएका छन् । एउटाले अर्काको बाख्रा फुकाएर गहुँमा छाडिदिने अनि गहुँ खायो बाख्राले भनेर बाख्रै काटेर खाइदिएका पनि छन् । कसैले काम गरेर खायो भने आरिसले जेल कोचेका थिए । यि यस्ता कुराहरू भोगेरै यहाँसम्म आइयो । त्यसैले आफूले सकेको काम समाजका लागि गर्नुपर्छ भन्ने भावना मेरो छ । भनिन्छ नि हामीले जस्तो बिउँ रोप्छौँ त्यस्तै फल प्राप्त गर्छाैँ । यदी हामीले प्रेमको बिउ रोप्यौँ भने प्रेम प्राप्त गर्दछौँ । घृणाको बिउ रोप्यौँ भने घृणा प्राप्त गर्दछौँ त्यसैले हामीले रोप्ने भनेको सकारात्मक कुराहरू हो । सबैको हितकर कुराहरू हो मलाई यस्तो लाग्छ ।
पुजाको गाडापानीमा विद्यालय स्थापना गर्न मैले आफ्नो तर्फबाट दस दिन श्रमदान गरेको थिएँ । कोड्कामा विद्यालय सार्दा पनि केही दिन श्रमदान गरेको थिएँ । त्यसपछि पुजाको खलाचौरमा विद्यालय स्थापना गर्न पनि जनश्रम र आर्थिक सहयोग आफूले सक्ने गरेँ । पुजाकै लैसरामा प्राथमिक विद्यालय स्थापना गर्न अगुवाको भूमिका निर्वाह गरेँ । त्यो विद्यालय निर्माण सम्पन्न गर्न झण्डै एक महिना लाग्यो । जनश्रमदान काठ जुटाउन र आर्थिक सहयोग समेत गरियो । सो विद्यालयमा २०७५ मा पचास हजारको अक्षयकोष समेत स्थापना गरिदिएँ ।
पुलको लठ्ठा बोक्न कोइलाबास
२०२५ सालमा कोइलाबासबाट पुलको लठ्ठा ल्याएर ठुलाबेसीको मसानघाटमा झुललुङ्गे पुल बनेको थियो । त्यसमा म सहित ४५ जना मानिसहरू बैशाखको गर्मी महिनामा कुम्लामा खर्च बोकेर खाली खुट्टा देवीथान, भालुबाङ, देउखुरी हुँदै चुरे पहाड पार गरेर कोइलाबास पुगेका थियौँ । पुलको लागि भारतबाट लठ्ठा झिकाइएको थियो । हाम्रा सबै वडाहरूलाई कुनै न कुनै कामको भाग परेको थियो । कुनै वडाले पुलका लागि ढुङ्गा तयार पार्ने, कुनैले खाल्डा खन्ने, कुनै वडाले सहयोग गर्ने थियो । हाम्रो वडालाई पुलको लठ्ठा बोक्ने परेको थियो ।
पुलको लठ्ठा बोक्न गएको समयमा कोइलाबासमा पुगेर हामीहरूले खोलाको पानीले खाना पकाएका थियौँ । अर्काे दिन लठ्ठा बोकेर आउँदै गर्दा त्यही खोलाकै पानीमा सेतो घोडा मरेर दुर्घन्धित अवस्थामा सडिरहेको देख्यौँ । त्यस्तोपानी हामीहरूले खाएको भन्ने थाहा पाएपछि असाध्यै घिनाउदै छि… छि.. गर्दै हिँडेको सम्झना आज पनि ताजै छ । त्यहाँबाट एउटै लामो लहरो लठ्ठा कुममा बोकेर कोइलाबासबाट भालुवाङ पु¥यायौँ । त्यो दिनको हाम्रो बास भालुबाङमा नै भयो ।
खाने खर्चको भारी लठ्ठाको अफ्ठेरो भारी बोक्दै दोस्रो दिन हामी मोतीपुर आइपुग्यौँ । त्यहाँ आइपुग्दा लठ्ठाले कुमका छाला खुर्की सकेका थिए । तेस्रो दिन बडो कठिनाई पुर्वक हामीहरूले पुलको लठ्ठा मसानघाट ल्याइपुरायौँ । मच्छीदेखि माथि झिमरुक खोलामा कुनै भरपर्दाे पुल थिएन । पुल नभएको अवस्थामा केही समयपछि झोलुङ्गे पुल तयार भयो । त्यो खोला तर्ने क्रममा धेरै मानिसहरूले ज्यान गुमाएका थिए । खोलामा पुल बनेपछि धेरै मानिसहरू खुसी भए ।
त्यसै गरी २०३२ सालमा पुजाको फड्केमा स्थित झिमरुक खोलामा झोलुङ्गे पुल बनाउने योजना भयो । त्यसको अगुवाई गुञ्जबहादुर खत्रीले गरेका थिए । पुलको लागि लठ्ठा लिन जाने क्रममा म सहित पैसठ्ठीजनाको समुह चार दिनको पैदल यात्रा गरी जाडोको दिनमा पाल्पा गएका थियौँ । नुन बोक्ने ढाक्रेहरू पनि बाटोमा आउजाऊ गरिरहेका भेटिन्थे । लस्करले पुलको लठ्ठा बोकिरहेको बेला अर्घाखाचीको झेँडी भन्ने ठाउँमा एकजना मान्छे घोडामा चढेर आएको थियो । लस्कर मान्छेहरू देखेर घोडा डरायो र उफ्रयो घोडामा सवार भएका बाबुछोरी लडे । उनीहरूले रिसले गाली गर्न लागिरहेका बेलामा ६५ जना मान्छे देखेर डराएर भागे । हामीहरूलाई पाल्पा जान चार दिन फर्कन पाँच दिन लागेको थियो । लामो पुलको त्यत्रो लठ्ठा बोक्न सजिलो भने थिएन । बोक्नुको विकल्प पनि थिएन । पुजा र खुङलाई जोड्ने फड्केको पुल निर्माण भयो त्यसले पनि गाउँलेहरूलाई खुसी दियो ।
पछि थपेको च्याप्टर
हाम्रो पुस्ताले विद्यालयको अभावमा राम्रो लेखपढ गर्न पाएनन् । आफ्नो नामसम्म लेख्ने सीप नभएर औँठाको ल्याप्चे लगाउन बाध्य थिए । गाउँमा विद्यालयहरु नै बन्न सकेनन् । जसको कारण समाजको स्तर पनि कमजोर भयो । यस्तो कमजोर समाजमा पढ्नुपर्छ, पढाउनुपर्छ भन्ने सोचको विकास पनि राम्रोसँग भएको थिएन । केटाकेटीको उमेर पाँच ६ वर्ष भएपछि कि त भाइवहिना हेर्ने हो कि त पशुको पछि लाग्ने हो । त्यो बेलाको सबैको चलन नै त्यस्तै थियो । … सालमा पुजाको गाँडापानीमा विद्यालय खोल्ने कुरा भयो । त्यसमा … दिन झारा गर्न गएको कुरा मलाई सम्झना छ । २०३६ तिर गाडापानीको स्कुल ठाउँ साँघुरो भएर कोडकामा सारियो । त्यहाँ पनि हामीले झाराटन्टा गर्यौं । … सालमा पुजा गाउँका ८ र ९ नम्बर वार्डहरुलाई केही नजिक पर्ने गरी खलाचौरमा जनश्रम जुटाएर विद्यालय स्थापना गर्यौं । हाम्रो घरबाट कोडका जान एक घण्टा लाग्थ्यो पनि खलाचौर जान पौने घण्टा लाग्थ्यो । खलाचौरमा पनि विद्यालय बनाउन काठपात जम्मा गर्यौं र धेरै श्रमदान गर्यौं । यो विद्यालय पनि साना बच्चाहरुको लागि धेरै टाढा भयो । त्यसपछि … सालमा पुजाको लैसरामा अर्को विद्यालय स्थापना गर्नुपर्यो । त्यहाँको सामाजिक एकता पनि निकै राम्रो थियो । पूरा गाउँ सक्रियतापूर्वक जुटेर एक महिनासम्म काम गरेका थियौँ । ढुंगाको छानो सहितको विद्यालय निर्माण भएको थियो । विद्यालयको छानो छाउन ढुंगा खरिदको लागि नगद उठाउने काम पनि भएको थियो । विद्यालय निर्माणले त्यहाँको सामाजिक एकतालाई थप मजबुद बनायो र केटाकेटीको लागि नजिकै विद्यालय पनि स्थापना भयो ।
गाउँमा भएका विद्यालयमध्ये कोडकामा सात कक्षासम्म र अरु सबै स्कुलहरु कक्षा तीनसम्म मात्र पढाइ हुने गथ्र्यो । हाइस्कुल पढ्नको लागि मच्छीमा रहेको वाल शिक्षा माविमा जानु पथ्र्यो । त्यसको लागि पढ्न जाने विद्यार्थीले डेरा गर्न अनिवार्य थियो । अहिलेको गौमुखी गाउँपालिकाभित्र पर्ने अर्खा रजवारा, खुंग, पुजा, नारिकोट र लिवांगमा कतै पनि दस कक्षासम्म पढ्न पाउने हाइस्कुल थिएन । समाजमा शैक्षिक जागरणको विकास भइसकेको थियो । सबैतिरबाट हाइस्कुलको निकै आवश्यक्ता महसुस गर्दै गौमुखी क्षेत्रमा स्कुल खोल्नु पर्यो भन्ने दबाव थियो । यो दबावमा गाउँका प्रधानपञ्चहरु पनि थिए । २०४५ ? सालमा प्यूठानको बादिकोटमा राजा वीरेन्द्रको सवारी भएको थियो । जनताहरुको मागअनुसार त्यसबेलाका ६ वटा प्रधानपञ्चहरु र क्षेत्रिय सदस्यले राजा समक्ष हाइस्कुल स्थापनाको लागि विन्ति पत्र चढाएका थिए । गौमुखी बासीको यो मागलाई राजाले हुकुम प्रमांगी (स्वीकृत) गरेका थिए । प्राय विद्यालयहरु बनेपछि प्रक्रिया पूरा गरेर मात्र विद्यालय स्वीकृत हुने गर्छन् तर गौमुखी मावि नबन्दै स्वीकृति प्राप्त गरेको थियो । निरंकुश राजतन्त्र हाम्रो माग पूरा गर्न फाइदाजनक भयो ।
राजाबाट स्वीकृत प्राप्त हाइस्कुल कहाँ बनाउने भनेर यस क्षेत्रमा छलफल भइरहेको थियो । लिवंग, नारीकोट खुङ पुजाका प्रधानपञ्चको सहमाती अनुसार सालिविसौनामा विद्यालय भवन बनाउन जनताई घडेरी खार्न लगाएका थिए । रजवारा अर्खाका प्रधानपञ्च र पुजाका जनता यो निर्णयको विरोधमा उत्रिए । अर्खा रजवाराका प्रधानपञ्चहरुले विद्यालय अपायक ठाउँमा राख्न खोजेको भनेर जिल्लामा उजुर गरे । पुजामा पनि प्रधानपञ्चले ठीक ठाउँमा विद्यालयको निर्णय गर्न नसकेको भनेर विरोध भइरहेको थियो ।
यसै बिच प्यूठान जिल्ला सदरमुकामबाट २०४६ कात्र्तिक २७ गते ? जिल्ला पञ्चायत उपसभापति प्रेम बहादुर घर्ती, प्रमुख जिल्ला अधिकारी, डिएस्पी, मालपोत र जिल्ला शिक्षाका अधिकारीहरु लगायतको घोड सवार टोली स्थलगत अध्ययन गरी विवाद समाधन गर्न गौमुखी क्षेत्रमा आएको थियो । टोलीले ठूलावेसी, बगर, लिवासी र फ्लाटेमा विद्यालय स्थापना गर्ने सम्भावनाको अध्ययन गरेको थियो । फ्लाटे र लेवासीमा जग्गा पाइएन भने बगर असुरक्षित देखियो । जसलाई पछि खोलाले खायो । ठूलावेसीमा विद्यालय बन्न सक्ने त देखियो तर त्यसको लागि समथर ठाउँको खेत कसरी प्राप्त गर्न सकिन्छ भनेर छलफल भएको थियो । ठूला बेसीमा निशुल्क जग्गा पाउन गाह्रो थियो । त्यो छलफलमा ६ वटै गाउँका प्रधानपञ्च र मूख्यतः अर्खा रजवरा र पुजाका सामाजिक अगुवा तथा जनताको ठूलो उपस्थिति रहेको थियो ।
अखटेङ धेरै विकट थियो । भविष्यमा पनि त्यहाँ यातायतको सम्भावना कम थियो । अखटेङ पशुपालनको लागि मात्र राम्रो थियो । त्यस समयमा हामी बसाइसराइँको बारेमा सोचिरहेका थियौँ । ठूलाबेसीमा यातायतको सम्भावना दाजुभाइ पनि टाढा नपर्ने, नजिकै भएकोले हामी अखटेङको जग्गा बेचेर त्यो पैसाबाट ठूलाबेसीमा खेत किनेर बसाइ सर्ने योजना बनाएका थियौँ । नाम ठूलाबेसी भएपनि बास्तवमा त्यो ठूला बेसी जस्तो थिएन । धेरै सानो एरिया नै थियो । त्यसबेला त्यहाँ रेशमा थापा, दुर्गबहादुर केसी र बेगम बहादुर केसीको तीनवटा मात्र घर थिए । असाध्यै बाँदर लाग्ने, खुङ र पुजालीको मसानघाट पनि नजिकै थियो भने मानिसको ओहोरदोहोर बाक्लै भइरहन्थ्यो ।
मैले ठूलाबेसीमा बसाइ सरी घर गोठ बनाउन केही महिना पहिला हिमबहादुर र क्षत्रबहादुर खत्रीबाट खेत किनेको थिएँ । जुन समथर ठाउँमा हाम्रो परिवारले घर गोठ बनाउने योजना बनाएको थियो त्यहाँ विद्यालयको लागि निशुल्क जग्गा दानको प्रस्ताव आयो । के गर्ने ? भर्खर किनेको जग्गाको ऋण चुक्ता नगर्दै उब्जाउ र समथल जग्गा सबै स्कुललाई दान गर्ने कि नगर्ने ? भन्ने विषय परिवारमा छलफल भयो । मैले सोचेँ, नजिक स्कुल भएको भए हाम्रो पुस्ताले पढ्न पाउँथ्यो र हाम्रो समाजको अवस्थामा पनि अहिलेको भन्दा राम्रो हुन सक्थ्यो । मरि लानु के छ र ? समाजले पनि सम्झेला । अरुका छोराछोरीले मात्र होइन आफ्नै छोराछोरीले पनि पढ्न पाउलान्, घर गोठ बरु माथितिर काङला फकटाहरु खारेर माथितिर बनाउन पर्ला भन्ने सोच आयो । यसो गर्दा समाजले पनि गुन मान्ला भन्ने लाग्यो । ठूलावेसीमा हाइस्कुलको कारण केही छरछिमेक थपिएलान् जस्तो लाग्यो । विद्यालय स्थापना गर्न हामीले हाम्रो जग्गा निशुल्क दिने निर्णण गर्यौं । विद्यालय स्थापना सम्बन्धी छलफलमा ठूलो छोरा ज्ञामुराम गएको थियो । यसबाट त्यहाँ उपस्थित सबैजना खुसी भए । जग्गा सबै ठूलो छोराको नाममा थियो । पछि मालपोतमा गएर गौमुखी माविलाई जग्गा पास दियौँ । त्यसको अतिरिक्तंद्द (कक्षा ११ र १२ ) सञ्चालन गर्न २०६४ ? सालमा थप एक रोपनी जग्गासमेत गरी जम्मा …. रोपनी जग्गा गौमुखी माविलाई दान गर्र्यौं । त्यसबेला हामीलाई त्यो निर्णयले चिन्तीत पनि बनाएको थियो । ७ ७ बहिना छोराछोरीको ठूलो परिवार भएको, उब्जाउ र राम्रो जग्गा सबै दिएर के गर्ने भन्ने पनि लागिरहन्थ्यो । तर आजकाल हजारौं विद्यार्थी कापी किताब बोकेर उत्साहपूर्वक पढ्न आइरहेको देख्दा मनमा सन्तोष लाग्छ । २०८० सम्म यस विद्यालयबाट ….जनाले एसइइ पास गरिसकेका छन् । विकासमा पछि परेको गरिबी र बेरोजगारीले सताएको हाम्रो समाज परिवर्तन गर्न यो विद्यालयले अवश्य केही मद्दत गर्ने छ । विद्यालय स्थापना गर्दा राम्रो मात्र भएन मेरो लागि केही नराम्रो पनि भयो । तत्कालिन पुजाका प्रधानपञ्च शंसेर बहादुर खत्रीलगायतको सालिविसौनामा विद्यालय बनाउने निर्णय उल्टिएको थियो । ठूलाबडाहरुको निर्णय उल्टिँदा उनीहरुको अहम्मा ठूलो चोट पर्दो रहेछ र त्यसले बदलाको भावना विकास गराउँदो रहेछ । यस्तै अन्तरविरोधको कारण गौमुखी मावि स्थापना गर्दा खेरी सिर्जना भएको अन्तरविरोधको कारण १३ महिना लामो अन्यायपूर्ण जेल जीवन बिताउन पर्यो । जेल जीवनको विस्तृत चर्चा अर्को परिच्छेदमा हुनेछ ।
मेरो शिक्षाको सपना र गौमुखी विद्यालय
आफ्नै बाल्यकालका अनुभवहरू सम्झदा मन भरिभरी हुन्छ । मैले पनि शिक्षाको महत्व बुझेकै थिएँ तर मलाई पढ्न लेख्न अवसर प्राप्त भएन । जीवनभर पढेको भए कस्तो हुन्थ्यो होला ? के गरिन्थ्यो होला ? यस्ता सोचहरू मनमा बेलाबेलामा आइरहन्थे, आइरहन्छन् । आफू पढ्न नपाए पनि मेरा छोराछोरी र गाउँका सबै केटाकेटीहरूले शिक्षा पाउन् भन्ने इच्छा मनमा जागिरहन्थ्यो ।
२०४५ सालमा म ठुलाबेसीमा हेमबहादुर र क्षेत्रबहादुर खत्रीसँग केही खेत किनें । त्यतिबेला हाम्रो गाउँमा कुनै माध्यमिक विद्यालय थिएन । गौमुखी गाउँपालिकाका विद्यार्थीहरू हाइस्कुल पढ्न मच्छी जानुपर्ने बाध्यता थियो । हाम्रो गाउँमा नै माध्यमिक विद्यालय खोल्न सकिए कति राम्रो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो । हामीजस्ता गरिब किसानका छोराछोरीले पनि स्कुल जान पाए कस्तो हुन्थ्यो होला ? यस्तै सोचहरू मनमा घुमिरहन्थे ।
गाउँलेहरू पनि माध्यमिक विद्यालय खोल्नुपर्छ भन्ने कुरा गरिरहेका हुन्थे । त्यसैबेला वि.सं. २०४५ सालमा प्युठानको बादीकोटमा राजा वीरेन्द्रको सवारी भएको थियो । हामी सबै गाउँका प्रधानपञ्चले उहाँसमक्ष हाइस्कुल खोल्नुपर्ने माग ग¥र्यौं । राजाले हाम्रो मागलाई स्वीकृति दिनुभयो तर हाइस्कुल कहाँ बनाउने भन्ने विषयमा सात वटा पञ्चायतबीच छलफल चल्यो ।
केहीले सालिबिसाउनामा बनाउनुपर्छ भन्दै जग्गा खनिसकेका थिए । तर त्यो ठाउँ सबैका लागि पायक हुने ठाउँ थिएन । माथिल्लो गाउँहरूका लागि त्यो ठाउँ निकै टाढा पथ्र्यो । ठुलाबेसीमा बनाउँदा सबैलाई सहज हुन्छ भन्ने आवाजहरू पनि उठिरहेका थिए । धेरै छलफलपछि ठुलाबेसीमै विद्यालय स्थापना गर्ने निर्णय गरियो ।
विद्यालय बनाउनका लागि जग्गा चाहिन्थ्यो । त्यसका लागि मैले आफ्नो धेरैजसो जमिन नै दिएँ । त्यो जग्गा उब्जनी योग्य पनि थियो । यसरी मेरै जग्गामा विद्यालयको निर्माण भयो । बाँकी जमिन विद्यालयले किन्यो ।
तर जतिसकै राम्रो कामको खोजी गरिए पनि कसैले आरोप लगाइहाल्न सक्छन् । मैले पनि यस्तो घटना भोग्नुपर्यो । विद्यालय स्थापनाको रिसिभिले मलाई हत्याको झुटा आरोप लगाइयो । त्यस घटनामा मेरो कुनै संलग्नता थिएन । मैले कुनै योजना पनि बनाएको थिइनँ । झुटा आरोपले म एक वर्ष जेलमा बसेँ ।
सबै कष्टको बावजुद हामीले ठुलाबेसीमा विद्यालय स्थापना गरिसकेका थियौँ । मेरो सपना त्यहाँ बजारको विकास गर्ने, रोजगारीका अवसरहरू सिर्जना गर्ने र शैक्षिक विकास गर्ने थियो । अहिले त्यतिबेलाको ठुलाबेसीको अवस्था र अहिलेको अवस्था हेर्दा मेरो दूरदृष्टि सही नै रहेछ भन्ने लाग्छ । कक्षा ६ बाट सुरु भएको त्यो विद्यालय आज कक्षा १ देखि १२ सम्म दसौं हजार विद्यार्थीलाई शिक्षा दान गरिरहेको छ ।
सपना साकार हुन धेरै कष्ट पनि भोग्नुपर्ने रहेछ । आफ्नो शिक्षाको सपना पुरा हुन नसके पनि गाउँका लाखौं बालबालिकाको शिक्षाको बाटो खोलिदिन सकेकोमा म गौरवान्वित छु । उनीहरूको हाँसो र शिक्षाको दीप बलिरहोस् भन्ने मेरो हरदम शुभकामना छ ।