खिमराज चालिसे
भारत
भारतको पंजाब राज्यको जालन्धरमा आयोजित विद्यार्थी तथा सांस्कृतिक एवं महिला प्रशिक्षण कार्यक्रमलाई आज ०७ जुन २०२६ को सम्बोधन गर्दै मूल का महासचिव त्रिभुवन भट्टराईले नेपालको सीमा अतिक्रमण र वैदेशिक हस्तक्षेपका विरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्छ भन्नु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महासचिव भट्टराईले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि अब कानुनी र अन्तर्राष्ट्रिय लडाइँ लड्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो। “सीमा मिचिने र आन्तरिक मामिलामा हस्तक्षेप हुने शृङ्खला रोक्नका लागि नेपाल दृढतापूर्वक अन्तर्राष्ट्रिय मञ्चहरूमा उभिनुपर्छ र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउनुपर्छ,” उहाँले भन्नुभयो।
प्रशिक्षण कार्यक्रममा प्रवासमा रहेका नेपाली विद्यार्थी, महिला तथा सांस्कृतिक कर्मीहरूको ठूलो उपस्थिति रहेको थियो।
महासचिव त्रिभुवन भट्टराईले भारतमा विद्यार्थी संघको आवश्यकता तथा महिला एवं सांस्कृतिक विभागको महत्व लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रिय सचिव कुल बहादुर बगाले र मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य एवं समता विभाग केन्द्रीय संयोजक धन बहादुर गोर्खालीको आतिथ्यता रहेको थियो।
कार्यक्रम सुष्मा खडकाको अध्यक्षतामा तथा लक्ष्मण खडकाको संचालनमा सम्पन्न भएको थियो।











