रास्वपाको खुला केन्द्रीय सदस्यमा ६४ जना निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा खुलातर्फ स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। उनले २ हजार ६०७ मत प्राप्त गरेका छन्।
खुलातर्फ ६४ केन्द्रीय सदस्य चयनका लागि २०४ जनाको उम्मेदवारी परेको थियो। निर्वाचन परिणामअनुसार सोविता गौतम २ हजार ५९४ मतसहित दोस्रो र शिशिर खनाल २ हजार ४९५ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन्।
त्यसैगरी सागर ढकालले २ हजार ३३३, तोसिमा कार्कीले २ हजार २५७, रञ्जु दर्शनाले २ हजार २४९, मनिष झाले २ हजार २३७ र हरि ढकालले २ हजार २१९ मत प्राप्त गरेका छन्।
निर्वाचित हुने अन्य प्रमुख उम्मेदवारमा कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, रमेश प्रसाईं, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, जगदिश खरेल, पुकार बम, सुलभ खरेल, प्रमोद न्यौपाने, यज्ञमणी न्यौपाने, सस्मित पोखरेल र राजुनाथ पाण्डे रहेका छन्।
खुलातर्फ मनोरञ्जन क्षेत्रबाट परिचित रिमा विश्वकर्मा, आशिका तामाङ तथा करिस्मा कठरियासमेत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। निर्वाचनबाट विभिन्न भूगोल, समुदाय, पेशा र पृष्ठभूमिका प्रतिनिधिहरू केन्द्रीय समितिमा पुगेका छन्।
निर्वाचित ६४ जनामध्ये सबैभन्दा कम मत प्राप्त गर्दै खिमा विक निर्वाचित भएकी छन्। उनले ९५७ मत प्राप्त गरेकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation