घमाहा खोलाको डाइभर्सन बगाउँदा बुटवल–गोरुसिङ्गे सडकमा यातायात प्रभावित

रुपन्देही । शुक्रबार रातिको अविरल वर्षापछि रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत पर्ने घमाहा खोलामा निर्माण गरिएको डाइभर्सन बगाउँदा बुटवल–गोरुसिङ्गे सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
स्थानीयका अनुसार डाइभर्सन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उक्त सडकखण्डबाट सवारी साधन सञ्चालन हुन सकेको छैन। यसका कारण यात्रु तथा सवारी चालकहरूलाई आवागमनमा कठिनाइ भएको छ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम भइरहेका कारण सो स्थानमा अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिँदै आएको थियो। केही दिनअघि मात्र निर्माण गरिएको डाइभर्सन शुक्रबार रातिको वर्षापछि आएको खोलाको भेलले बगाएको हो।
डाइभर्सन भत्किएसँगै उक्त सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। सम्बन्धित निकायले डाइभर्सन पुनः निर्माण नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation