क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालको एकता महाधिवेशन २०८१ मंसीरमा

साउन ३२ ,काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस वक्तव्यमा सो कुराको जानकारी गराईएको छ ।

वक्तव्यमा २०८१ श्रावण २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको बैठक संयोजक किरणको अध्यक्षतामा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताईएको छ । बैठकले एकता महाधिवेशन सम्पन्न गर्ने लगायत सांगठनिक निर्णयहरु गर्नुका साथै राष्ट्रियता ,जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टीबाट सह संयोजक कञ्चन सहितका सदस्यहरु निस्काशित भैसकेको अवस्थामा विधान लगायतका कतिपय मस्यौदा दस्तावेज प्रश्तुत भै पारित भएको पनि जनाईएको छ । साथै गुटवाद तथा फुटवादमा लागेका कतिपय सदस्यहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation