पारा ओलम्पिकमा नेपालललाइ पहिलो पदक

काठमाडौँ: फ्रान्समा जारी पारा ओलम्पिकपमा नेपालले ऐतिहासिक पदक जितेको छ। नेपाललाई तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले ऐतिहासिक कास्य पदक दिलाएकी हुन्।

पारा ओलम्पिका नेपालले जितेको यो पहिलो पदक हो। नेपालले सन् २००४ देखि पारा ओलम्पिकमा सहभागीता जनाउन थालेको हो।

पलेशाले तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सर्बियाकी मारिया मिसेभलाई १५-८ले हराउँदै मा कांस्य जितेकी हुन्। उनी ओलम्पिक इतिहासमै नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बनिन्।

पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेकी थिइन् भने उनी क्वार्टफाइलनमा विश्व नम्बर १ ब्राजिलियन खेलाडीसँग सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भएकी थिइन्।

त्यसपछि उनी पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै कांस्य पदक नजिक पुगेकी थिइन्।

पलेशाको यो दोस्रो पारा ओलम्पिक सहभागीता हो। २०२१ मा जापानमा भएको पारा ओलम्पिकमा उनी कास्य पदकका लागि भएको भीडन्तमा पराजित भएकी थिइन्।

यो पटक उनी छनोट चरण पार गर्दै पेरिस पुगेकी हुन्। पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा ऐतिहासिक स्वर्ण जितेकी थिइन्।

पदक जितेसँगै पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकी छन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिने व्यवस्था छ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ। यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन्।

यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्नेछिन्। पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation