नेपालले वेस्टइन्डिजलाई पराजित गर्दै ऐतिहासिक शृंखला जित्यो

 

काठमाडौं – नेपालले वेस्टइन्डिजलाई पराजित गर्दै टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला जित्न सफल भएको छ।

वेस्टइन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन खर्चिँदै २ विकेट लिए भने काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट हात पारे। त्यस्तै, जेदिया ब्लेड्सले पनि १ विकेट लिन सफल भए।

यसअघि पहिलो खेलमै नेपालले वेस्टइन्डिजलाई हराउँदै ऐतिहासिक जित हात पारेको थियो। दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालले शृंखला आफूसँग तानेको हो।

यस जितसँगै नेपालले पहिलोपटक टेस्ट राष्ट्रविरुद्ध शृंखला जित्ने इतिहास रचेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation