
काठमाडौं – टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ। कतारले विस्फोटक सुरुआत गरे पनि नेपालले उत्कृष्ट कमब्याक गर्दै जित आफ्नो पक्षमा पार्यो।
नेपालका लागि सन्दीप लामिछाने चम्किए, उनले ३.५ ओभरमा १८ रन खर्चिँदै पाँच विकेट लिए। उनको शानदार प्रदर्शनले खेलको पासा नेपालतर्फ फर्कियो।
यो जितसँगै नेपालले ६ अंक जोड्दै सुपर सिक्समा स्थान पक्का गरेको छ। सुपर सिक्समा ओमानको पनि समान ६ अंक छ भने कतार अझै अंकविहिन रह्यो।