प्रमुख समाचार

दूरगामी सहकारीको कागजात च्यातेर भागे अध्यक्ष र सचिव, बचतकर्ताको बिचल्ली

१८ असार,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ शान्तिचोकस्थित डिंगरनगर दूरगामी वहुउद्देश्यीय सहकारीमा वचतकर्ताको वचत अपचलन भएको थाहा भएपछि अध्यक्ष र सचिव सम्पर्क विहीन भएका छन ।  सहकारीबाट करिब २५ करोड रुपैयां वचत अपचलन भएको आन्तरिक लेखा परीक्षणमा भेटिएको स्रोतले जानकारी दिएको छ । त्यसमध्ये १२ करोड रुपैयां सहकारीका व्यवस्थापक बसन्त पराजुलीले हिनामिना गरेको पाइएको छ । लुम्बिनी प्रदेश कार्यक्षेत्र भएका वहुउद्देश्यीय सहकारीहरुमध्ये एक पछि अर्कोमा समस्या देखिन थालेको छ । पछिल्लोपटक दूरगामी वहुउद्देश्यीय सहकारीमा यो समस्या देखिएको हो । वचत अपचलनबारे सूचना बाहिरिएपछि वचतकर्ताहरुले वचत फिर्ताको निवेदन दिन थालेका थिए । त्यसपछि सञ्चालक समितिको वैठक बसेर दुई दिन अघि फिर्ता माग्नेको वचत फिर्ता दिने सहमति सहित वचतकर्ताहरुसंग निर्णय भएको थियो । तर अर्को दिन  अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्रीले अघिल्लो दिन भएको सहमतिको माइन्युट च्यातेर सम्पर्क विहीन भएपछि थप कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालय र प्रहरी चौकी ड्राइभरटोलले सहकारीको कार्यालयमा तालाबन्दी गरिदिएको छ । २०५० सालमास्थापना भएको सहकारीमा करिब २ हजार सदस्य रहेको पीडित वचतकर्ताहरुले बताएका छन ।  सहकारीले मुख्य रुपमा दुध संकलन र विक्रीको कारोबार गरिरहेको छ । सहकारीको तानसेनमा समेत दुध संकलन तथा विक्रि केन्द्र समेत सञ्चालन छ । ...

पुरा पढ्नुहोस
कर्णाली विकास बैंक भ्रष्टाचार काण्डमा एमाले नेता पशुपति दयाल मिश्र पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुधबार नेपालगञ्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता एसपी...

पुरा पढ्नुहोस
नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा :सुमन अधिकारी

बुटवल, असार १८ गते । नेपाल खेलकुंद पत्रकार मञ्च, रुपन्देहीमा सुमन अधिकारीको नेतृत्वमा नयां कार्यसमिति बनेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा बुधबार बुटवलमा सम्पन्न भेलाले सुमन अधिकारी अध्यक्ष रहेको ११ सदस्यय जिल्ला समिति...

पुरा पढ्नुहोस
रुकुमपश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरे

रुकुम,१८ असार । रुकुमपश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
रुपन्देही ३को उप निर्वाचनमा पुराना पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी पछार्नुपर्छ :सागर ढकाल

काठमाडौँ । आगामी कार्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचनको मिति तय भएपछि अब उम्मेदवारको चर्चा शुरु भएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाउने चर्चा रहेका सागर ढकालले रुपन्देही-३ मा इतिहास रच्नुपर्ने...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि , प्रति लिटर ५ रुपैयाँले बढ्यो पेट्रोल

काठमाडौँ । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४...

पुरा पढ्नुहोस
रुपन्देही-३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । २०७९ मङ्सिर ४...

पुरा पढ्नुहोस
दलित छात्रा सर्बदा विश्वकर्मले एसईइ परीक्षामा ४ जीपीए ल्याएर उतिर्ण हुन सफल भईन

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही । “दलित छात्रा सर्बदा विश्वकर्माले शान्ति नमूना मा.वि. (माध्यमिक विद्यालय) बाट SEE परीक्षामा ४.०० जीपीए ल्याउन सफल भएकी छिन्।”   प्युठान जिल्लाको दुर दराजको ग्रामीण गाउं झिमरुक गाउंपालिका २ बादिकोटमा जन्मेकि दलित...

पुरा पढ्नुहोस
संघीय निजामती सेवा विधेयक २०८० प्रतिनिधि सभाबाट पारित

रुपन्देही  प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक २०८० पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राखेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको बैठकले बहुमतले पारित गरेको हो...

पुरा पढ्नुहोस
टेरामक्स काण्डमा पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

  रुपन्देही , विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ प्रविधि खरिदमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा...

पुरा पढ्नुहोस