बसन्त राज गोराथोकी। स्वर्गद्वारी प्युठान,
मिति २०८१/१०/२० गते राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर गराउने Human Papillomavirus विरुद्धकोे एच.पि.भी खोप अभियान २०८१ कार्यक्रम कोे बारेमा वडा स्तरीय खोप समन्वय समितिका लागि अभिमुखीकरण कार्यक्रम बेल्बास आधारभूत केन्द्र मा सञ्चालन भएकाे छ।
कार्यक्रमको अध्यक्षता वडा स्तरीय खोप समन्वय समितिका अध्यक्ष (वडा अध्यक्ष) गिर बहादुर गुरुङ ले गर्नु भएको छ भने सम्पूर्ण वडा स्तरीय खोप समन्वय समितिकोे उपस्थिति रहेको छ।
उक्त अभिमुखीकरण कार्यक्रम कोे सञ्चालन गर्दै बेल्बास आधारभूत स्वास्थ्य केन्द्र का प्रमुख मुकेश चन्दले एच.पि.भी भाइरस के हो, पाठेघर मुखको क्यान्सर कस्तो किसिमको रोग हो, पाठेघर मुखको क्यान्सर हुनबाट कसरी सुरक्षित बन्ने, एच.पि.भी खोप कुन उमेरमा लगाउनु पर्छ, एच.पि.भी भाइरसको लक्षण के के हुन्, एच.पि.भी खोप कहिले सञ्चालन हुदै छ, एच.पि.भी खोप कत्तिको सुरक्षित छ? जस्ता धेरै प्रश्नहरूको बारेमा प्रशिक्षण कार्यक्रम दिनु भएको छ।
एच.पि.भी खोप अभियान २०८१ वडा नं ६ बेल्बास मा माघ २२ गते देखि सुरु भई २४ गते सम्म (३ दिन) चल्छ भन्ने कुरा पनि बताउनु भएको छ।
(नोट: ५० वर्ष भन्दा माथिका आँखाको समस्या भएको मान्छे लाई यति मिति २०८१/१०/२८ गते यही बेल्बास आधारभूत स्वास्थ्य केन्द्र मा आँखा शिविर सञ्चालन हुदै छ)











