बुटवलको मर्सिसिटि अस्पतालमा डा.कपिलमणि केसीले गर्नुभयो जटिल हिप जोर्नी प्रत्यारोपण

 

शंकर प्रसाद पोख्रेल 

बुटवलको मर्सिसिटि अस्पतालमा डा.कपिलमणि केसीले गर्नुभयो जटिल हिप जोर्नी प्रत्यारोपण।

डा. कपिलमणि केसीले बेलायतबाट एफआरसीएस र अमेरिकाबाट एफएसीएसको उपाधि प्राप्त गर्नु भएको छ भने चीनको पेकिङ विश्वविद्यालयबाट जोर्नी प्रत्यारोपणमा फेलोशिप पनि लिनुभएको छ । उहाले काठमान्डौमा रहेको निजामती कर्मचारी अस्पतालमा एक हजारभन्दा बढी जोर्नी प्रत्यारोपणपनि गर्नुभएको छ।

यहि हप्ता डा केसीको नेतृत्वमा मर्सिसिटी अस्पतालमा जटिल प्रकारको हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको छ। जसमा हिप जोर्नीको एउटा भाग (एसिटाबुलम)मा हड्डी राखेर जोर्नी प्रत्यारोपण गरिएको हो । अपरेशनमा डा. समिर आचार्य (एनेस्थेसिया) तथा क्रिटिकल केयर, डा. प्रविन शाही(फिजिसियन) , डा. निशान्त बाँस्कोटा ( सहायक सर्जन )लगायतको टिम सहभागी थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation