
बुटवल, चैत ११ गते । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले एकपछि अर्को सेवा विस्तार गर्दै आएको छ । स्वास्थ्य सेवाहरु विस्तार गर्दै आएको अस्पतालले दैनिक रुपमा इण्डोशकोपी सेवा सञ्चालन गरेको छ ।
एउटा इण्डोशकोपीका लागि महिनौ दिन कुर्नुपर्ने अवस्थाको सधैका लागि अन्त्य गरिएको इसीजी, इण्डोस्कोपी विभाग प्रमुख भेषराज बन्जाडेले जानकारी गराएका छन् । अस्पतालमा इन्डोस्कोपीका लागि महिनौ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आइतबारदेखि दैनिक रुपमा इण्डोशकोपी सेवा सञ्चालन गरेको हो । यस अघि लुम्बिनी प्रादेशिक अस्पतालमा इन्डोस्कोपीका लागि ३ महिनासम्म समय पर्खनु पर्ने बाध्यता थियो । अब एकै दिनमा इन्डोस्कोपी सेवा लिन पाईने छ ।
जनशक्ति र सीमित श्रोतसाधन भएपनि यो समयको माग अनुसार इन्डोस्कोपी सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर इन्द्र ढकालले बताए । अस्पतालका अनुसार यस अघि इन्डोस्कोपी सेवाका लागि आइतबार, मंगलबार र विहिबार गरी हप्तामा जम्मा ३ दिन समय छुट्टाएकोमा आइतबारदेखि दैनिक रुपमा यो सेवा सञ्चालन गरिएको हो ।
अस्पतालमा रहेका ३ वटा इन्डोस्कोपी मेसिनबाट दैनिक ३० देखि ५० जना विरामीलाई इन्डोस्कोपी सेवा सदिन सकिने इसीजी, इण्डोस्कोपी विभाग प्रमुख भेषराज बन्जाडेले बताए । अब दैनिक रुपमा एउटा मेशिनबाट १० जनालाई सेवा दिन सकिने छ । शरीरका विभिन्न भित्री अंगहरुमा भएका घाउ तथा रोगहरु पत्ता इन्डोस्कोपी गर्ने गरिन्छ ।
चिकित्सकहरुका अनुसार इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली राखेर इन्डोस्कोप क्यामरा राखिएको हुन्छ । यो क्यामराले शरिरको आन्तरिक अंगको तस्विर खिच्ने गर्दछ । जसबाट रोगको पहिचान गर्न सहज हुन्छ । इन्डोस्कोपीको अर्थ शरिर भित्रका अंगको परिक्षण गर्नु हो । जब शरिरभित्र कुनै समस्या वा संक्रमण हुन्छ तब विभिन्न लक्षण देखिदा बुझ्न नसकिने भएकाले इन्डोस्कोपीको आवश्यक पर्ने गर्दछ ।
नाकको समस्या वा साइनस, गलाको समस्या, यदि कसैलाई खाने कुरा निल्न समस्या भएमा, बान्ता गर्दा रगत देखिएमा, आन्द्रा सुन्निए वा पीडा हुँदा, कब्जियतबाट ग्रसित हुँदा, पित्तथैलीमा पत्थरी हुँदा, पेटको अल्सर हुँदा, गर्भाशयको जाँचका लागि, पिसाबबाट रगत आउंदा, दिसाबाट रगत आउँदा, गर्भावस्थामा भ्रुण जाँच, गम्भीर शल्यक्रिया अघि तथा कानको रोगका लागि इन्डोस्कोपी गर्ने गरिन्छ ।
क्रोनोस्कोपी सेवापनि थप सहज बनाउने तयारी रहेको अस्पताले बताएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा क्रोनोस्कोपी सेवा सहज तथा दैनिक रुपमा नहुंदा सेवाग्राही नीजि अस्पतालहरुमा जानुपर्ने बाध्यता थियो । क्यान्सरको पारिवारिक इतिहास परीक्षण, क्यान्सर पत्ता लगाउन तथा त्यसको निगरानी गर्न, ठूलो आन्द्रामा भएको मासु पत्ता लगाउन र हटाउन तथा शल्यक्रियापछिको निगरानीका लागि क्रोनोस्कोपी गर्ने गरिन्छ ।
स्वास्थ्य सेवाप्रति गम्भीरताका साथ सबै सेवाहरु दिनका लागि प्रयास भैरहेको मेडिकल सुपेरिन्टेन्डेन डाक्टर इन्द्र ढकालले बताए । स्वास्थ्य सेवाहरु थपिदै र व्यवस्थित गरिएको उनले बताए । मेडिकल सुपेरिन्टेन्डेन डाक्टर ढकालका नुसार सैब रोगका पीडितहरुलाई सहज र छिटो छरितो स्वास्थ्य सेवा दिने गरी अस्पतालका हरेक युनिटलाई विस्तार र विकास गरिने छ ।
केही दिन अघिखदेखि लुम्बिनाी प्रादेशिक अस्पतालमा मुटुको थप उपचार सेवा शुरु गरिएको थियो । यस अघि मुटुको सामान्य उपचार हुंदै आएको प्रादेशिक अस्पतालमा अहिले नयां प्रविधिबाट थप सेवासहित उपचार सुरु गरिएको छ ।