नेपालमा ५४ प्रतिशतले घट्यो तीन वर्षमै जन्मदर , जनसंख्या संकट र श्रमशक्ति अभावको खतरा

 

जनसंख्या संकट र श्रमशक्ति अभावको खतरा

काठमाडौँ — नेपालमा पछिल्ला तीन वर्षमा शिशु जन्मदर झन्डै ५४ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ४ लाख १५ हजारभन्दा बढी शिशु जन्मिएका भए पनि २०८०/८१ मा त्यो संख्या घटेर १ लाख ९० हजारमा सीमित भएको छ। दैनिक आधारमा २०७८/७९ मा १,१३७ शिशु जन्मिँदा हाल ५२२ मात्र जन्मने अवस्था आएको छ।

त्रिवि शिक्षण, परोपकार प्रसूति गृह र भरतपुर अस्पताललगायत प्रमुख अस्पतालका तथ्यांकले समेत जन्मदर तीव्र रूपमा घटिरहेको देखाएका छन्।

कारणहरू

ढिलो विवाह, वैदेशिक रोजगारी र बाँझोपन

शिक्षा र स्वास्थ्यमा बढ्दो खर्च

करिअर केन्द्रित जीवनशैली

महिलाको आर्थिक सक्रियता र एकल परिवारको बढ्दो प्रवृत्ति

विशेषज्ञहरूले बाँझोपनको समस्या १५–२० प्रतिशत दम्पतीमा देखिन थालेको र वैदेशिक रोजगारीले पनि जन्मदर घटाउन ठूलो भूमिका खेलेको बताएका छन्।

खतराः
जनसंख्याविद्हरूका अनुसार जन्मदर घट्दै गए श्रमशक्ति घट्ने, वृद्ध जनसंख्या तीव्र रूपमा बढ्ने र आर्थिक–सामाजिक संरचनामै संकट आउने छ। राष्ट्रिय जनगणना २०७८ ले नेपाल आगामी ३० वर्षभित्रै वृद्ध समाजतर्फ प्रवेश गर्ने चेतावनी दिएको छ।

सुझावः
विशेषज्ञहरूले तीन वा बढी सन्तान जन्माउन सुझाव मात्र दिएर हुँदैन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गरी अनुकूल वातावरण बनाउनुपर्ने औंल्याएका छन्। चीन र कोरियाजस्ता मुलुकले प्रोत्साहन योजना ल्याएको उदाहरण दिँदै नेपालले पनि समयमै गम्भीर कदम चाल्नुपर्ने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation