इरानद्वारा इजरायलमा आक्रमण ४०० मिसाइल प्रहार

तेल अभिभ । इजरायली सेना (आईडीएफ) ले इरानबाट आफ्नो क्षेत्रमा मिसाइल आक्रमण भएको दाबी गरेको छ । मिसाइल आक्रमणसँगै इजरायलभर खतराको साइरन बजिरहेको छ।

इजरायली सेनाले इजरायली नागरिकहरूलाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशनहरू पालना गर्न आग्रह गरेको छ। साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा जाने र अर्को सूचना नआएसम्म त्यहीँ बस्न भनिएको छ ।

यसैबिच इरानको सरकारी टिभीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सबाट इजरायलतर्फ ‘दर्जनौँ’ मिसाइलहरू प्रहार गरिएको पुष्टि गरेको छ । इजरायलले जवाफ दिएमा अर्को आक्रमणको धम्की दिएको छ।

रिभोलुसनरी गार्ड्सले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।

यसअघि तेल अभिभमा गोली चलेको आवाज सुनिएको थियो । प्रहरी प्रवक्ताले यस घटनामा धेरै जना घाइते भएको बताए । ‘आतङ्क फैलाउन’ यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाले पनि इरानबाट आक्रमण हुन सक्ने बताएको थियो । उता, इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध स्थल आक्रमण गरिरहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation