बिरक्तिएको मान्छे

कुनै एउटा निति, बिचार, सिद्धान्त, लक्ष्य, काम बाट विचलन भएका तथा पेशा, ब्यवसाय, प्रेम, घर व्यबहार, नोकरी, राजनिती बाट च्युतभएका वा सामाजिक क्षेत्रमा आपराधिक कार्यगरी नैतिक पतनहुने कार्यमा संग्लन भई प्रमाणित भएका ब्यक्ति पर्दछन। सामाजिक र दिगो सोचाइ नराख्ने, पदलोलुप, बढि महत्वाकांक्षी, तिब्र परिवर्तन चाहने, जुनसुकै प्रकारको नशाको कुलतमा फसेका, आफुले परिश्रम नगरी अरुको कमाईमा बाच्ने/ रमाउने, म नै सर्वेसर्वा हु, म भन्दा जान्ने अरु कोहि छैन भन्ने मानसिकता बोकेका ब्यक्ति हरुको यात्रा पनि क्रमशः त्यही दिशामा अग्रसर हुन्छ। विरक्तिएको मान्छेको मानशिकता स्थिर रहदैन तसर्थ उसका बिचार, सोचाइ, योजना, गतिविधि अस्थायी र अस्थिर हुन्छन्।
शैक्षिक असफलता, बढदो बेरोजगारी, अल्प ज्ञान, धैर्यताको अभाव, आर्टिफिसियल प्रविधिको प्रभावका कारणले आज हाम्रो समाजमा यस्ता मान्छे को संख्यामा बृदि दिन प्रतिदिन बढदो छ। जुन कुरा हाम्रो समाज, विकास र भविष्यका लागि घातक एव खतरनाक छ। हमेशा विरक्तिएको मनस्थितिले सकरात्मक्तालाई भन्दा नकारात्मक पक्षलाई प्राथमिकता दिने गर्दछ। यसले आषा भन्दा बढि निराशा लाई मलजल एव प्राथामिकता दिएको देखिन्छ। मित्थ्या र भ्रमका कुरा गर्दा आन्दित हुने प्रवृत्तिले ग्रस्त यो संस्कृति मौलाउनु भनेको समाज लाई बिचार सुन्य बनाई भ्रममा राख्नु हो। जुनकुरा आज हाम्रो गाउँघर अनि समाजमा प्रसस्तै देखिने गरेकोछ। आज सामाजिक संजालमा देखिएको अराजकता पनि यसको एउटा ज्वलन्त उदाहरण हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation