
मैले मेरो जीवनकालमा पहिलो पटक चोखो मायाको महसुस कक्षा ९ मा गरे त्यतिबेला म मात्र १५ बर्षको थिए । ९ कक्षामा सुरुवात भएको मेरो प्रेम सम्बन्ध एक बर्ष पनि चलेन र त्यो मा सबै गल्ती केटिको थियो र पनि त्यतिबेला प्रेमको परिभाषा मैले बुझ्नै सकेन त्यो प्रेमले मलाई खासै असर गरेन।
१० कक्षामा अध्यन गर्दै गर्दा मेरो दोस्रो प्रेम सम्बन्ध १० मै अध्ययन गर्ने एक चेली सङ्ग बाट सुरुवात भयो त्यो सम्बन्ध पनि धेरै समय चल्न सकेन त्यो मा धेरै गल्ती मेरो थियो तर त्यो प्रेम सम्बन्ध लाई लिएर आजसम्म पनि मेरा धेरै साथीहरूले उस्लाइ बिहे कहिले गर्ने भनेर समय समयमा म्यासेज गरिरहेका हुन्छन । सम्बन्ध करिव १ बर्ष चलेपनी त्यो अल्लारे उमेरमा आफ्नो प्रेमिका भन्दा अरु केटिसाथी मन पर्ने हुँदा मेरो तेस्रो सम्बन्ध एउटा सहरको केटि सङ्ग सुरुवात भयो ।।
तेस्रो प्रेम सम्बन्ध पनि धेरै चलेन किनभने उ धेरै चलाख रहेछ चलाख र चलाखी गर्ने हरुसङ्ग कसरी चल्छ र सम्बन्ध त्यो सम्बन्ध पनि मेरो करिव ८ महिना नपुग्दै पुरै सकियो ।
बाकी दिन र एक दुई महिनाका प्रेम सम्बन्ध हरुलाइ मैले यो लेखमा समेटेको छैन किनभने मैले त तिनिहरुको नाम पनि बिर्सिसके समय पनि बिर्सिसके ।।
यति हुँदा हुँदै सम्म पनि मैले साचो मायाको परिभाषा बुझ्नै सकेको थिएन । अल्लारे जोबान त्यो समयमा माया माया पर्ती कहिले बफादार बनिएन सायद उमेरकै दोष होला ।
मैले प्रेमको अशली परिभाषा बुझेको प्रेम सम्बन्ध मेरो चौथो प्रेम सम्बन्ध हो । जुन सम्बन्ध १ बर्ष पनि टिकेन यो मा सबै गल्ती कमजोरी हरु मेरै थिए । मेरो लागी मर्छु भन्ने मान्छेलाई गएर मरेहुन्छ भन्ने म कस्तो बेकुफ मान्छे ? बिचरा एउटा निर्दोष केटि मलाई माया गर्छु भनेर सम्बन्ध मा बसेर उसैलाई नै निरन्तर पीडा दिइरहने म कस्तो मान्छे ? यो सम्बन्ध सम्म आइपुग्दा मेरो उमेर मात्र १८ बर्षमा चलिरहेको थियो ।। उतिबेलाको मेरो त्यो उमेर तेस्तै अल्लारे नै थियो ।।
सि ले सम्बन्ध बचाउन निरन्तर कोशिश गर्दा गर्दै पनि म उक्त सम्बन्ध पर्ती कहिल्यै बफादार भएन । उ रातदिन मेरो लागी रोइकराइ गर्दा पनि मैले प्रेमको परिभाषा बुझ्नै सकेन मात्र उसलाई जहिले अन्याय मात्र गरिरहे । प्रेम को कारण उसको आँखामा देखिएको आँसु पुछ्नुपर्ने म बरु उल्टै उसैको आँखामा आशुको बर्षा गराइदिने तर्फ निरन्तर लागिरहे ।।
अति नै भैसकेपछी जब उस्ले मलाई सदाको लागि कहिल्यै नफर्किने गरि छोडेर गयो त्यो दिनबाट मैले बल्ल प्रेमको परिभाषा बुझे, साचो माया के रहेछ त्यो दिन मैले मनै देखि महसुस गरे ।। अब म सङ्ग रुनु कराउनु चिच्याउनु बाहेक अरु कुनै विकल्प नै थिएन । सि लाई चाहेर नि म भेटन सक्ने अवस्था थिएन समय सकिसकेको थियो ।।
त्यसपछि मेरा धेरै दिनहरु रोयर कराएर बित्न थाले । मेरो जिवनमा आएका कयौं अबसरहरुले मलाई बिस्तारै बिस्तारै टाढा राखिरहेका थिए । म मा मायाको पागलपनको सुरुवात भएको थियो । हास्दा पनि तिमी रुदा पनि तिमी खादा तिमी सुत्दा उठदा पनि तिमी यो शब्द अब केवल यादमै सिमित थियो ।। उसलाई बिर्सिनकै लागि भनेर पनि मैले एउटा बाटो समात्नु थियो तर मैले एकदमै खराब बाटो समाते ।।
यो उमेर मेरो लागी धेरै चुनौतीपूर्ण समय थियो मैले उन्नति र प्रगतिका धेरै पाइलाहरु चाल्नुपर्ने उमेर थियो । म मा सुन्दर भबिस्य निर्माणका निमित्त एउटा मात्र हैन कयौं अवसरहरु थिए तर एउटा अवसर पनि मैले समात्न सकेन मलाई जिन्दगी देखि उजाड लाग्न थालिसकेको थियो।
सहरको बसाइँ सङ्गत त्यस्तै साथिभाइ म कुलत तिर फसे म यसरी कुलतमा फसे कि अब मेरो भबिस्य नै कुलत बिना बाच्न नसक्ने बनिसकेको थियो ।। सानो कलिलो भबिस्य निर्माण गर्ने त्यो उमेरमा मायाप्रेम गरेर बस्नु नै मेरो जिन्दगीभर को ठूलो गल्ती रहेछ । माया गर्नु हैन माया गरेर निभाउन नसक्नु ठूलो गल्ती रहेछ ।। मायाको अर्थ बेलैमा बुझ्न नसक्नु झन ठूलो गल्ती रहेछ ।।
जब कुलतको लतले मलाई गाजिरहेको थियो म कसैको लागि केही गर्न नसक्ने अवस्थामा पुगिसकेको थिए । समाजको लागी धेरै काम गर्ने मन हुटहुटी हुदाहुदै पनि मलाई अगाडि बढ्न त्यो मेरो लतले रोकिरहेको थियो। खाना नास्ता बिना बस्न सक्ने म कुलत बिना बाच्न नसक्ने भैसकेको थिए ।।
समय बितिरहेको थियो म झन पछि झन बिग्रीरहेको थिए । म आफुले आफुलाइ सुधार्नका लागि धेरै कोशिश गर्दा गर्दै पनि सकिरहेको थिएन । म भोलि बाट सुध्रनुपर्छ र यो लागू हुन्छ भनेर मिति सहित लेख्दा लेख्दै मेरा कयौं कलम र कापीहरु सकिएका थिए तर मेरो बानी झन पछि झन खराब हुँदै गैरहेको थियो ।।
अब कुरा सुरु हुन्छ पाचौं सम्बन्धको ।।
आजसम्मको मेरो जिवनको सबैभन्दा सफल सम्बन्धका रुपमा मैले मेरो पाचौं सम्बन्ध लाई लिन्छु । गाउकै सोझो र संस्कारी नि सङ्गको मेरो सम्बन्ध करिव ४१ महिना पछि सकियो । त्यहीँ पनि दुवैको सरसल्लाह मा ।।
यो यतिका समयसम्म उसले मलाई सुधार्नका निमित्त धेरै मेहनत गरिरहिन निरन्तर कोशिश गर्दा गर्दै पनि सम्भब भएन । मेरो खराब आचरणकै कारणले गर्दा एउटा सोझो निर्दोष केटि ले आफ्नो धेरै समय रातदिन रोएर आशुले सिरानी भिजाएर बितानु पर्यो ।। यतिका समयसम्मको काहानी लेख्दै गर्दा एउटा किताब भरिन सक्छ त्यसैले केहि महत्त्वपूर्ण कुराहरु मात्र लेख्दैछु ।।
मैले उ पर्ती गरेको ब्यबहार, बेवास्ता र उसको महत्त्व समयमा बुझ्न नसक्नु नै हामी छुट्नुको मुख्य कारण बन्न पुग्यो । उनले मेरो लागी निरन्तर गरेको त्याग र समर्पण र हाम्रो सम्बन्ध सफल बनाउन गरेको निरन्तर मेहनत यो सबै मेरै कारणले गर्दा आज खेर गयो ।। उनको समय राम्रो कामका लागि सदुपयोग भएपनि मेरो समय यत्तिकै सकियो ।।
उनले मेरो लागि गरेको त्याग र समर्पण म सधैं सम्झिनेछु उसको एउटा मात्र सपना छ म ठूलो मान्छे भएको हेर्ने म त्यो सपना छिट्टै पूरा गर्नेछु ।।
कुलतको लत यस्तो रहेछ जिवनमा केही पनि प्रगति गर्न नदिने । मान्छे जुन ठाउँमा छ त्यहीँ ठाउँमा राखिराख्ने अगाडि बढ्नै नदिने ।।
खासमा मैले यी सबै कुराहरु खुलाउनु पर्ने त जरुरत थिएन तर जतिपनी मेरा आफन्त सुभचिन्तक साथिभाइ आमाबुबा दाजुभाइ तथा दिदिबहिनी हरु हुनुहुन्छ मलाइ निरन्तर माया र हौसला प्रदान गर्ने मलाइ चिन्ने जो कोहि हुनुहुन्छ तपाइँ हरु सबैलाई लाग्थ्यो होला यो मान्छे किन अगाडी बढ्न सकिरहेको छैन । हो म आजसम्म धेरै अगाडी बढिसक्नुपर्ने मान्छे हो । म सङ्ग अगाडि बढेर मलाई सफलताको गन्तव्यमा पुर्याउने धेरै अवसरहरु छन । तर मैले सबै अवसर हरुलाइ बेवास्ता गरिरहे ।। त्यो मा म ब्यक्तिको कुनै गल्ती थिएन मेरो बानिको गल्ती थियो ।।
आज म हिजोको त्यो अवस्था बाट धेरै माथी निस्किसकेको छु ।। जुन लतले मेरो भबिस्य सकाइदियो त्यो कुनै लत पनि अब म सङ्ग छैन र अबका दिनहरुमा कहिल्यै पनि हुनेछैन।। एक पटक बिग्रेर सुध्रेका धेरै मान्छेहरु जिवनमा फेरि त्यस्तो गल्ती कहिल्यै गर्दैनन् ।किनभने मैले लामो संघर्ष पछि यो लडाइ जितेर आज यो कुरा सबैमाझ राख्दैछु ।। आजको यो लेख लेख्ने मितिमा हेर्दा म माथी यो सम्पुर्ण लत छोडेर माथी आइपुगेको महिना दिन भैसकेको छ ।। अब यो लत मेरो जिवनमा कहिल्यै फर्केर आउने छैन।।
यहीँ कारणले गर्दा घर परिवार आफन्त दाजुभाइ र कयौं साथिभाइ हरुसङ्ग प्रत्यक्ष कहिल्यै भेट हुन मन लागेन विभिन्न सार्वजनिक समारोह तथा कार्यक्रम हरु बहिस्कार गरेर बसेकै हो ।। कहिल्यै कसैलाई भेटन मन लागेन मनमा एउटै कुरा चल्थ्यो कुलत जतिबेला पनि एउटै कुरा कुलत ।।
अहिलेसम्म सिकाइको नै अनुभव गर्ने हो भने त अब सिक्न केही बाकी छैन हुनत सिक्ने सिकाउने प्रक्रिया भनेको मानव बचुन्जेल सम्म निरन्तर चलिरहेको प्रक्रिया हो ।। अहिलेसम्म ज जस्लाइ बेवास्ता गरे ज-जस्को चित्त दुखाएको छु सबैले मेरो त्यो गल्ती सम्झेर माफ गरिदिनुहोला ।। अब आइन्दा यस्तो गल्ती कहिल्यै पनि दोहोरिने छैन।।
अब घर परिवारको अनुहारमा मेरो कारणले गर्दा अहिलेसम्म जुन दुख थियो त्यो दुख लाई सुखम बदल्नु छ । म मात्र हैन हाम्रो समाज सङ्गै सिङ्गो देश निर्माण गर्ने महाअभियानमा सबैसँग हातेमालो गरेर अगाडि बढ्नुछ । मेरो मम्मी र पुर्व प्रेमिका “सि” को म ठूलो गायक बनेर देश बिदेश दौडाहामा हिडेको देख्ने सपना पूरा गर्नुछ । बाबाको लागि साहरा बन्नु छ, हजुरबुबाले देखेको बाटोमा हिडेर हजुरबुबाले देखेका हरेक एक एक सपना पुरा गर्नुछ । सबै आफन्त दाजुभाइ तथा दिदिबहिनी हरुले एक बोलिमा विश्वास गर्ने र मैले भनेको कुरा काटन नसक्ने बन्नुछ ।। मलाई माया र बिश्वास गरेका साथिभाइ तथा मेरा सम्पुर्ण सुभचिन्तक तथा समर्थक र “नि” को म ठूलो र सफल मान्छे बनेको हेर्ने सपना अब पूरा गर्नुछ ।।
कुलतमा लागेर भबिस्य बिगारेका युवाहरु र मायामा धोका खाएर पागल भएर बसेका सम्पुर्ण युवाबर्ग हरुको लागी एक प्रेरणाको स्रोत तथा सहयोगी बनेर आफुले सक्ने सहयोग गर्नका लागी योग्य पात्र बन्नुछ यो सबैको लागि पहिला म पुर्ण रुपमा सफल हुनैपर्ने दबाब अहिले म माथी रहेको छ ।।
यदि कोइ कसै पनि कुलतको लतमा फस्नुभएको छ भने तुरुन्तै त्यो बाट माथी निस्किहाल्नुहोस । यो मा कसैको पनि राम्रो भबिस्य छैन । यो लतले मान्छेलाइ बर्बाद बनाउछ समय बितेको पत्तो नै हुँदैन, यसरी हामीहरुले हाम्रो असल र ठूलो मान्छे बन्ने लक्ष्य कहिल्यै पनि पूरा गर्न सक्दैनौं त्यसैले आजकै दिन बाट आफ्नो यो नराम्रो लत छ भने तुरुन्तै त्याग्नुहोस त्यसैमा हामी सबैको भबिस्य उज्ज्वल छ ।।
मायामा पागल हुनुभन्दा पनि पहिला त्यो सम्बन्धको कदर गर्न सिक्नुहोस, यदि सम्बन्धको कदर समयमै गर्न सक्नुभएन भने पछुताउनु बाहेक केही पनि हुँदैन हुनत खुट्टा भए जुत्ता जति पनि पाइन्छ भन्ने उखान छ तर यो उखान सबैको जिवनमा उपयोग नहुन पनि सक्छ । जुत्ता त्यो जुत्ता हो जुन आफ्नो खुट्टामा मजाले सुहाउँदो हुन्छ, त्यो जुत्ताले हामीहरु लाई हाम्रो लक्ष्यमा पुग्न निरन्तर प्रेरित गरिरहन्छ । आफुलाइ मनपरेको जुत्ता फाट्यो भने नि केहि समय त्यहीँ जुत्ताको माया लाग्नु स्वभाविक रहेछ ।। तर पनि जाने गए भन्दैमा हामी उनिहरुलाइ सम्झेर बसिराक्नु भनेको हाम्रो असफल भबिस्य हो भनेर हामीहरुले बुझ्न जरुरी छ ।।
हामी अगाडी बढ्न किन सकिरहेका छैनौं पक्कै कुनै न कुनै कमजोरी त छ होला । मान्छे अगाडि बढनका लागि केही न केही कुराले उसलाई निरन्तर रोकिरहेको हुन्छ । जुन मेरो जिवनको मुख्य कमजोरी मैले पत्ता लगाएर अहिले त्यो कमजोरी सुधार गरिसकेको छु यसरी नै सबैले आ-आफ्ना कमजोरीहरु सुधारेर अगाडि बढ्यो भने सफलता हाम्रै नजिक छ ।। दुनियाँले तपाइँ हाम्रै सफलता कुरेर बसिरहेको छ त्यसैले यो दुनियाँ लाई जित्नुछ भने तपाइँको सफलताको खाचो छ ।। र जिवनमा सबै दु:ख पिडाहरु सजिलोसँग बिर्सिने माध्यम भनेकै यहीँ सफलता हो ।। त्यसैले अब तपाइँ हामी सबै मिलेर हातेमालो गरेर आ-आफ्नो सफलताको गन्तब्यमा पुग्नुपर्नेछ ।।
राजन जंग कुँवर मदाने गाउँपालिका गुल्मी हाल बुटवल