म्यासेडोनियाको नाइटक्लबमा आगलागी ५९ जनाको मृत्यु १५० घाइते

उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार यस घटनामा कम्तीमा ५९ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका जनाएको बीबीसी समाचारमा उल्लेख छ।

देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा आगो र धुवाँले भरिएको एउटा भवन देखिन्छ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार आइतबार बिहान करिब ३ बजे आगलागी भएको थियो। यो दुर्घटना ब्यान्ड ADN को प्रस्तुतिको क्रममा भएको थियो।

उक्त समारोहमा करिब १,५०० जना उपस्थित भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमले आगलागी आतिशबाजी उपकरणहरूबाट भएको हुन सक्ने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation