शंकर प्रसाद पोख्रेल
तिज पर्व नेपाली हिन्दु महिलाहरुको एउटा सांस्कृतिक र ऐतिहासिक पर्व हो। यो पर्बलाइ मौलिक रूपमा तिजका गित मार्फत महिला दिदिबहिनीले आफ्ना दु:ख र बेदनाहरु पोख्ने गर्छन। विशेष गरेर साउन मैनादेखी नै मौलिक संस्कृति झल्कने खालका तिजका गितहरु गाएर र नाचेर रमाइलो गर्ने गरिन्छ। परम्परा रुपमा तिजमा दर खानालाइ दाइभाइहरु बिहे भएका दिदिबहिनीहरुलाइ लिन जानेर र माइतमा आयर एकभक्तेका दिन दर खाने तिजको दिन गाउने नाच्ने चलन छ।
फेरियको तिज
तर अहिले तिज धेरै फेरियको छ।तिजका गितहरुपनी अस्लिल र भद्दा निकालिएकाछन तिजिगितहरु तिजको वास्तविक संस्कृतिलाई प्रहार गर्ने खाले निकाल्न थालिएको छ।
तिज मिलन र दर खाने नाममा साउन महिना लाग्दा बित्तिकै विशेष गरेर सहर बजारमा बस्नेहरुले ठुला ठुला होटेल रेस्टुरेन्ट बुक गरेर गर गहना सो गर्ने गरेकाछन ।मौलिकता छैन डिजे बजाएर अस्लिल गितहरु बजाएर नाच्ने गरिन्छ।वास्तविक तिजि गितहरु बजाइन्न। नाम तिजको दर खाने र तिजि मिलन कार्यक्रम भनेर राखिन्छ तर त्यस्को उल्टो त्यसमा डिस्को अन्यगितहरु बजाएर नाच्ने गरिन्छ।तिजको दरमापनी भड्किलो खाना खाइन्छ ।परम्परा गत तिजि खानाहरु कमै पाक्ने गर्छ।कुनै कुनै तिज मिलन कार्यक्रममा त महिला पुरुष नै मदिराले लठ्ठ भएर मातिएका हुन्छन।
तिजि कार्यक्रममा भासण र सम्मान
तिज मिलन कार्यक्रमहरु महिनौ गरिन्छ ती कार्यक्रमहरुमा निश्चित ब्याक्तीहरुले फलानो फलानो योगदान पुर्याएको भन्दै प्रसंसापत्रहरु समेत बितरण गरिन्छ। फाल्टु भासण र तथाकथित अतिथिहरुलाई जम्मा गरेर वास्तविक तिजको रुपलाइ तेजाब हान्ने काम गरिदै छ।
तिजका नाममा के कार्यक्रम नगर्नेत?
तिजमिलन कार्यक्रम न गर्ने भनेको होइन ,गर्ने तर सरल थोरै खर्च र मौलिक र प्रगतिशील तिज गितहरु गाएर र मीठो खिर मसिनो खाएर कार्यक्रमहरु आयोजना गरौ,अन्यायमा परेकाहरुले त्यही अनुसारका गितहरु गाएर र नाचेर आफ्नो हक अधिकार पराप्त गर्ने तरिकाले मनाऔं। तिजलाइ समजका गन्नेमान्ने मैहु भन्ने प्रतिष्ठित ब्यक्तिहरु जनप्रतिनिधिहरु संबंधित निकायहरुले सरल र मौलिक तरिका अपनाएर मनाउन प्रोत्साहन गरौ।
पैसोछ भन्दैमा दिनका दिन तिजि दरका नाममा भड्किलो तरिकाले न मनाउ छरछिमेकी समाज टोलका दिदिबहिनी जम्मा भएर मैलिक तिजिगित गाएर नाचेर तिजलाइ तिज जस्तै गरि रमाइलो गराउं नकि डिस्कोबार धाएर तिज पर्बलाइ धुमिल्लाउने र हाम्रो संस्कृति माथी प्रहार गर्ने कार्य सबैले रोक्नुपर्छ ।
तिजपर्व सबैको पर्बको रुपमा मनाउन हाम्रो समाजले मौलिक संस्कृति अपनाइ प्रगतिशील उदेश्यका साथ मनाउन आवश्यक छ।
दरखाने नाममा दिनदिनैको भड्किलो खर्चलाई रोकेर त्यो खर्चले महिलाहरूलाई प्रगतिशील मार्गमा डोराउने खालको तिजि कार्यक्रमहरु आयोजना हुन आवश्यक छ।
अहिलेको युग डिजिटल युग हो सामाजिक संजालहरुको प्रयोग गर्दा हामिहरुले तिजका मौलिक संस्कृतिक भएका गित का साथमा प्रगतिशील तिजि गितहरुलाइ प्रयोगमा ल्याउनुपर्ने हुन्छ।यसो गरेमा समाजलाइ सहि दिशामा लैजान मद्दत त पुग्छ नै साथमा तिज पर्बको महत्त्व र संस्कृतिको जगेर्ना गर्न टेवा मिल्ने छ।











