२५ घण्टा ५ मिनेट लामो भाषण

अमेरिकाको न्यु जर्सीबाट डेमोक्रेटिक सिनेटर कोरी बुकरले २५ घण्टा पाँच मिनेट लामो भाषण दिएर अमेरिकी सिनेटमा सबैभन्दा लामो भाषणको रेकर्ड बनाएका छन्। उनले १९५७ मा स्टर्म थर्मन्डद्वारा स्थापित २४ घण्टाको रेकर्ड तोडे।

बुकरले आफ्नो भाषणमा राष्ट्रपति ट्रम्प र उनका नीतिहरूको कडा आलोचना गरे। उनले ट्रम्प प्रशासनद्वारा सामाजिक सुरक्षा कार्यालयहरूमा कर्मचारी हटाइएकाे, सरकारको निर्णयहरू तथा ग्रिनल्याण्ड र क्यानडालाई गाभ्ने योजनामाथि प्रश्न उठाए। यो भाषण उनले ट्रम्प प्रशासनको विरोध र डेमोक्र्याटिक समर्थन देखाउन दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation